सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वच्छ र मर्यादित पत्रकारिताका लागि आचारसंहिता


  •    न्युजभित्तो/१० बैशाख २०७८, शुक्रबार १३:३२ 
  • विराटनगर, १० वैशाख  । स्वच्छ र मर्यादित पत्रकारिता’का लागि पत्रकार आचारसंहिता सबैले पालना गर्नुपर्ने सहभागीले जोड दिएका छन् ।

    पत्रकारितालाई थप विश्वसनीयता बनाउन आचारसंहिता नै यस क्षेत्रको धन हो भन्ने कुरामा सबैले ध्यान दिन समेत आग्रह गरेका छन् प्रेस काउन्सिल नेपालद्वारा आज यहाँ आयोजित ‘पत्रकार आचार संहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष लिलाबल्भ घिमिरे, महासङ्घ मोरङ शाखाका अध्यक्ष सञ्जीव खनाल, पत्रकार महेन्द्र विष्ट, विजय खतिवडा, देवनारायण साह, अर्जुन आचार्य, ध्रुव भट्टराई, सत्यनारायण शर्मा, कुमोद अधिकारीलगायतले पत्रकार आचारसंहितालाई समयानुकूल बनाउनुपर्ने सुझाव दिनुभयो ।

    काउन्सिलमन सञ्चालक समितिका सदस्य दीपक पाण्डे र ठाकुर बेलबाँसेले कार्यक्रममा आएको सुझावलाई काउन्सिलले गम्भीररुपमा लिने र स्वच्छ र मर्यादित पत्रकारिता नै अनन्तकालसम्म टिकिरहने विचार व्यक्त गर्नुभयो । उहाँहरुले काउन्सिलले आचारसंहिता अभिमुखीकरण तालीम सञ्चालन गरेको जानकारी दिँदै चालू आर्थिक वर्षमा अहिलेसम्ममा आचार संहिता उल्लङ्घन गरेको १३५ उजुरी परेको बताउनुभयो । पत्रकारितामा आचार संहिताको पालना भएमा पाठक, जनता र श्रोतामा विश्वास बढ्ने भएकाले यसतर्फ सबैको ध्यान जानु जरुरी छ उहाँहरुको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.