सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश नं ३ को सुरक्षासम्बन्धी गोष्ठी आजदेखि हेटौंडामा शुरु


  •    /३ बैशाख २०७६, मंगलवार १२:२६ 
  • हेटौँडा, ३ वैशख  ः गृहमन्त्रालय काठमाडौँद्वारा आयोजित प्रदेश नं ३ को प्रदेशस्तरीय सुरक्षासम्बन्धी दुईदिने गोष्ठी आज हेटौँडामा शुरु भएको छ । उक्त सुरक्षा गोष्ठीमा प्रदेश नं ३ को १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग जिल्लाका प्रमुखका साथै सशस्त्र प्रहरी र नेपाली सेनाका उच्च अधिकृतको सहभागिता रहने मकवानपुर जिल्ला प्रशासनले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाले उक्त गोष्ठीलाई वैशाख ४ गते बिहान निर्देशन दिनुहुने भएको मकवानपुरका प्रजिअ आस्मान तामाङले राससलाई जानकारी दिनुभएको छ । उक्त गोष्ठीमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशक गणेश अधिकारी एवं नेपाली सेनाका उच्चपदस्थ अधिकृतहरु हुनुहुन्छ । सुरक्षासम्बन्धी गोष्ठीमा प्रदेश नं ३ अन्तर्गत रहेका जिल्लाको शान्ति सुरक्षाका लागि समीक्षा गरिनुको साथै अपराध नियन्त्रणका प्रयास, नागरिकता वितरणसम्बन्धी तथ्याङ्कका साथै प्रदेशका सरकार प्रमुखसँग समन्वय र सहकार्य गरी प्रदेशमा सुशासन कायम गर्न गोष्ठीले सघाउ पु¥याउने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा
    एमाले बागमती प्रदेश कमिटीद्वारा सक्रिय रूपमा उद्धार र राहतमा खटिन निर्देशन
    भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?
    • रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार
    • त्रिशुली र नारायणी नदी किनारमा उच्च सतर्कता अपनाउन चितवन प्रशासनको आग्रह
    • छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौँः प्रधानन्यायाधीश राउत
    • आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.