सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुरमा रासायनिक मल कारखाना सञ्चालनमा ल्याइँदै


  •    न्युजभित्तो/१० बैशाख २०७८, शुक्रबार ११:४१ 
  • कञ्चनपुर, १० वैशाख । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ ।

    निजी क्षेत्रको रु १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो । कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ । कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ । “पोटास मल असारदेखि उत्पादन गर्छौँ”, कारखानाका सञ्चालक उमाकान्त जोशीले भन्नुभयो, “आउँदो मङ्सिर, पुसभित्रै अरु दुई मल उत्पादनको काम अगाडि बढाइन्छ ।” मलका लागि आवश्यक पर्ने कच्चा पदार्थका रूपमा बैतडीमा रहेको फस्फोरसको प्रयोग गरिने उहाँले बताउनुभयो ।

    कारखानाका लागि आवश्यक पर्ने अन्य रासायनिक पदार्थ, मेसिनलगायत जर्मनीबाट ल्याउने योजना कारखाना सञ्चालकको छ । कारखानाले वार्षिकरूपमा १० हजार मेट्रिक टन मल उत्पादन गर्ने लक्ष्य लिएको छ । कारखानाका लागि भौतिक संरचना निर्माण शुरुआतको काम भइसकेको छ । स्वदेशी कच्चा पदार्थको प्रयोग गरी सञ्चालन गरिने मल कारखाना नेपालकै पहिलो हुने सञ्चालकहरुको दाबी छ । कारखाना रहने जग्गाको क्षेत्रफल सात हजार ५०० वर्गफिट रहेको छ ।

    साझेदारी फार्मका रूपमा दुई उद्योगीले कारखाना सञ्चालन गर्दैछन् । उद्योगमा प्रत्यक्षरूपमा ५० भन्दा बढीले रोजगारी पाउनेछन् । कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले कारखानलाई नगरकै गौरवको योजनाका रूपमा लिएको बताउनुभयो । “बाली लगाउने बेला किसानलाई रासायनिक मल नपाउँदा निकै सास्ती हँुदै आएको छ”, उहाँले भन्नुभयो, “मल कारखानाले गुणस्तरीय मल उत्पादन गरे । सुदूरपश्चिम प्रदेशकै किसानले राहत पाउँछन् ।” कारखाना सञ्चालनका लागि नगरपालिकाबाट हुनसक्ने सहयोगका लागि सधैँ प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.