सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाका अध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा


  •    न्युजभित्तो/९ बैशाख २०७८, बिहीबार १७:४७ 
  •  विराटनगर, ९ वैशाख । सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । बुधबार धरानको एक होटलमा १७ वर्षीय किशोरीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । यादवविरुद्ध बिहीबार जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो ।

    जिल्ला अदालत सुनसरीमा पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

    जागिर लगाइदिने भन्दै यादवले किशोरीलाई इटहरीबाट लिएर धरान गएको र धरानको भेडेटार लाइनमा रहेको एक होटलमा यादव युवतीसँग आपत्तिजनक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    होटलबाट दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले किशोरी १७ वर्षको मात्रै रहेको पाइएपछि  यादवलाई करणी मुद्दा दर्ता गर्ने तयारी गरेको थियो । बिहीबार भने किशोरीले नै जाहेरी दिएकी थिइन् ।

    किशोरीले जागिरको प्रलोभन देखाएर आफ्नो इच्छा विपरित करणी गरेको भन्दै जाहेरी दिएको प्रहरीले बताएको छ ।

    इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानबहादुर बस्नेतका अनुसार जागिर लगाइदिने बहानामा इच्छा विपरित करणी गरेको भन्दै किशोरीले जाहेरी दिएकी छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.