सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टिपर र मोटरसाइकल ठोक्किँदा मृत्यु


  •    न्युजभित्तो/९ बैशाख २०७८, बिहीबार १६:५८ 
  • भक्तपुर, ९ वैशाख  । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    सानो ठिमी प्रहरी प्रभाग अगाडि भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएकामा मोटरसाइकल पछाडि सवार कैलाली चटकपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते मोटरसाइकल चालक दाङ लालमठिया–५ बस्ने २४ वर्षीय उमेश चौधरीको न्युरो अस्पताल बाँसबारी काठमाडौँ उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त टिपर र सोका चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भई हाल सानो ठिमी बस्ने ३१ वर्षीय राजन नेपालीलाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.