सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टि–२० इनिङमा नेपाली ब्याट्सम्यानले हाने १९ छक्का, विश्व रेकर्डमा छैटौं


  •    न्युजभित्तो/९ बैशाख २०७८, बिहीबार १५:५३ 
  • काठमाडौं, ९ वैशाख । त्रिकोणात्मक सिरिज अन्तरगत नेपाल र मलेसियाबीच आज जारी टि–२० म्याचमा नेपालले आक्रामक ब्याटिङका साथ १९ छक्का प्रहार गरेको छ ।

    टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले लगातार दोस्रो म्याचमा २०० को आँकडा कटायो । नेपालको इनिङमा कुनै पनि ब्याट्सम्यानले अर्धसतक बनाएनन् ।

    तर, सबैले खुलेर खेल्दै आ–आफ्नो तर्फबाट योगदान दिएका थिए । नेपाली ब्याट्सम्यानहरुबीच कसले धेरै छक्का हान्ने भन्ने प्रतिस्पर्धाजस्तै चलेको थियो । सबैभन्दा विष्फोटक इनिङ चाहिँ करण केसीले खेले ।

    सातौं नम्बरमा क्रिजमा करण आउँदा नेपाल ५।२ ओभरमा १४८ रनमा खेलिरहेको थियो । उनले सुरुबाटै विपक्षी बलरमाथि धावा बोल्न थाले । आफूले सामना गरेको तेस्रो बलमा पहिलो छक्का हानेका करण त्यसपछि रोकिएनन् ।

    ४५ रनको इनिङ खेल्दा उनले ३ रन मात्रै दौडेर बनाएका थिए । साथै, उनले एउटा पनि चौका हानेनन् । १७ औं ओभरमा मात्रै करणले ४ वटा छक्का हानेका थिए ।

    नेपालका अन्य ब्याट्सम्यानहरुले पनि आज छक्काको वर्षा नै गरे । ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले क्रमश २ र ३ छक्का हानेका थिए । तेस्रो नम्बरमा आएका कप्तान ज्ञानेन्द्र मल्ल पनि आक्रामक अन्दाजमा देखिए ।

    उनले उनले ४ छक्का प्रहार गरे । यस्तै दिपेन्द्र सिंह ऐरीले १ र कुशल मल्लले २ छक्का हानेका छन् । नेपालले चौका भने ९ वटा मात्रै हानेको थियो ।

    अन्तर्राष्ट्रिय टि–२० को रेकर्ड हेर्ने हो भने एउटै इनिङमा सर्वाधिक २२ छक्का प्रहार भएको छ । अफगानिस्तानले २०१९ मा भएको खेलमा आयरल्यान्डविरुद्ध सो रेकर्ड राखेको हो ।

    वेस्ट इन्डिज, इन्डिया र अष्ट्रेलियाले २१ छक्काको रेकर्ड राखेका छन् । त्यसपछि स्कटल्यान्डको नाममा २० छक्का छ । १९ छक्कासहित छैटौंमा रहेको नेदरल्यान्ड्ससँग नेपालले बराबरी गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.