सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वनमन्त्री आले र अमेरिकी राष्ट्रपतिका विशेष दूतबीच छलफल, पेरिस सम्झौतामा अमेरिका पुनः जोडिएकोमा नेपालद्वारा धन्यवाद


  •    न्युजभित्तो/९ बैशाख २०७८, बिहीबार १५:१७ 
  • काठमाडौँ , ९ वैशाख। वनमन्त्री प्रेमबहादुर आले र अमेरिकी राष्ट्रपति जो बाइडनका जलवायु विशेष दूत जोन केरीबीच आज भर्चुअल छलफल भएको छ ।

    पूर्व अमेरिकी विदेशमन्त्री समेत रहेका केरीले आयोजना गरेको भर्चुअल छलफलमा मन्त्री आले सहभागि भएका हुन् । उक्त छलफलमा ५० वटा देशका मन्त्रीहरु सहभागि थिए ।

    भर्चुअल छलफलमा जलवायु परिवर्तनसम्बन्धी मुद्दामा छलफल भएको मन्त्री आलेले जानकारी दिए । मन्त्री आलेले सन् २०१५ मा भएको पेरिस सम्झौतामा अमेरिका पुनः जोडिएकोप्रति राष्ट्रपति जो वाइडन तथा अमेरिकी सरकारलाई धन्यबाद व्यक्त गरे ।

    उक्त बैठकमा नेपालको तर्फबाट बोल्दै मन्त्री आलेले जलवायु परिर्वतन मानव सभ्यताकै ठूलो चुनौती भएको बताउँदै नेपाल यसबाट अत्यन्त जोखिम रहेको कुरा व्यक्त गरे ।

    जलवायु परिर्वतनको मुद्दालाई सम्बोधन गर्न नेपाल पूर्णरुपले प्रतिबद्ध रहेको बताउँदै मन्त्री आलेले पेरिस सम्झौताको प्रतिबद्धताअनुरुप नेपाल सरकारले दोस्रो राष्ट्रिय प्रतिबद्धता योगदान प्रतिबेदन– २०२० पेश गरेको स्मरण गरे ।

    मन्त्री आलेले उक्त कार्यक्रममा नेपाल राष्ट्रिय अनुकूलन योजना अनुसार अगाडी बढेको जनाउँदै जलवायु परिर्वतनको दीर्घकालिन रणनीति तयार गरिरहेको समेत जानकारी गराए ।

    आगामी दिनमा नेपालका ७५३ वटै स्थानीय तहमा लैङ्गिक उत्तरदायी एवम जलवायु समानुकूलित अनुकुलन योजना लागु गर्ने तयारीमा रहेको समेत मन्त्री आलेले सो कार्यक्रममा जानकारी गराए ।

    नेपालले वातावरणमैत्री सवारी साधन, न्यून कार्वन, बिद्युतीकरण, रेडप्लस लगायतका कार्यक्रममा लगानी तथा जलवायु मैत्री कृषि प्रविधिमा जोड दिएको र आगामी दिनमा यसलाई थप प्रोत्साहन गर्ने मन्त्री आलेले बताए ।
    सोही कार्यक्रममा मन्त्री आलेले नेपालले वित्त अभाबका कारण झेल्नु परेका समस्यालाई सम्बोधन गर्नको लागि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.