सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘राष्ट्रिय सुरक्षामा आँच आउने काम कतैबाट हुनुहुँदैन’


  •    न्युजभित्तो/९ बैशाख २०७८, बिहीबार १५:०७ 
  • काठमाडौँ, ९ वैशाख । प्रधानसेनापति पूर्णचन्द्र थापाले गरिमामय सैन्य सङ्गठनमा प्रतिकूल हुने कार्य नगर्न सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ ।

    नेपाली सेनाका सकल दर्जालाई मानवीय मूल्य, मान्यताप्रति संवेदनशील रहेर उनीहरुलाई नैतिकवान् एवं सत्चरित्रवान् बनाउन अभिप्रेरित गर्ने उद्देश्यले आयोजित साताव्यापी सैनिक आचरणसम्बन्धी कार्यक्रमको आज समापन गर्दै उहाँले आचरणमा नबस्दा नेपाली सेना कमजोर हुने र यसले व्यक्तिगत, समूहगत वा छद्मभेषी तत्वलाई मात्र फाइदा पुग्ने बताउनुभयो ।

    “राष्ट्रिय सुरक्षामा आँच आउने काम कहीँकतैबाट हुनुहुँदैन”, उहाँले भन्नुभयो । सैनिक आचारसंहिता कार्यान्वयनमा आएको र यसलाई दण्ड सजाय व्यवस्थाका रूपमा नलिई सङ्गठनमा सकारात्मक संस्कृतिको थालनी मान्न उहाँले आग्रह गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.