सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टीकापुर पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा


  •    न्युजभित्तो/९ बैशाख २०७८, बिहीबार १५:०१ 
  • भजनी, ९ वैशाख  । टीकापुर नगरपालिका बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । विसं २०७४ मा पहिलोपटक पूर्ण खोप नगरपालिका घोषणा गरिएको पालिका घोषणा भएको हो ।

    नगरपालिकाले २०७७ माघमा नगरभित्रको घरधुरी सर्वेक्षण गरी खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो ।

    “जन्मेदेखि १५ महिनाका २८ बालबालिकालाई खोप नलगाएको सर्वेक्षणले देखाएको छ भने १६ देखि २३ महिना सम्मका १० बालबालिका खोप लगाउन छुटेका रहेछन्”, स्वास्थ्य शाखा प्रमुख रावलले भन्नुभयो, “ती सबै बालबालिकालाई खोपको दायरामा ल्याउनुको साथै वडा नं २, ६ र ८ मा दोहोरो परिक्षण गर्दा कुनै बालबालिका खोप लगाउनबाट नछुटेको पाइएपछि पूर्ण खोन सुनिश्चितता पालिका घोषणा गरेका हौँ ।” कैलाली जिल्ला खोप समन्वयसमितिका अध्यक्ष सूर्यबहादुर थापाले नेपाललाई सम्वृद्ध बनाउन बालबालिकालाई सम्वृद्धिको बाटोमा डोयाउन आवश्यक रहेको बताउनुभयो । उहाँले खोप पाउनु बालबालिका नैसर्गिक अधिकार भएको बताउँदै त्यस्मा सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । “टीकापुर पहिलेदेखि नै शिक्षित क्षेत्र हो ।

    त्यहीँ शिक्षाकै कारणले स्वास्थ्यमा पनि नगरपालिका उत्कृष्ट बनेको छ”, थापाले भन्नुभयो, “त्यसमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविकाको भूमिका अझ बढी छ ।” उहाँले कोरोनाको जोखिम बढ्दै गएको बताउँदै त्यसको नियन्त्रणका लागि कैलालीका सबै स्थानीय तहलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताउनुभयो । “अहिलेको समयमा विकास निर्माणका कामभन्दा स्वास्थ्यप्रति बढी जिम्मेवार रहनसहन आवश्यक छ । कोरोनाको सङ्क्रमण समुदायस्तरसम्म फैलिसकेको देखिन्छ”, थापाले भन्नुभयो, “मानिसको जीवन रहे सबै कुरा हुन्छ । त्यसैले पनि स्वास्थ्य क्षेत्रमा सबैले जिम्मेवारी हुनुपर्छ ।

    ” टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बालबालिकाको भविष्य सुनिश्चित् गर्न सकेमात्र सम्वृद्ध समाज निर्माण हुनसक्ने भन्दै स्वास्थ्य क्षेत्रको विकासलाई नगरपालिकाले सधैँ प्राथमिकतामा राख्ने गरेको बताउनुभयो । “बालबालिकालाई उनीहरूको नैसर्गिक अधिकारबाट वन्चित गरिनु हँुदैन”, ठकुल्लाले भन्नुभयो, “खोपले धेरै रोगसँग लड्नसक्ने क्षमताको विकास गर्ने भएकोले पनि खोपबाट कुनै बालबालिकालाई छुटाउनु राम्रो हुँदैन ।” जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले औषधोपचारले सञ्चो नहुने रोग खोपले सञ्चो हुने गरेको बताउँदै २०३४ सालमा दुईवटा एन्टिजेन खोपबाट शुरु गरेको अभियानमा अहिले १२ वटा रोगविरुद्धको खोप लगाइँदै आएको बताउनुभयो । “जीवनमा खोपको महत्व धेरै छ ।

    नेपाल सरकारले नै पूर्ण खोप सुनिश्चितताको लागि आह्वान गर्दै आएको छ”, प्रमुख धामीले भन्नुभयो, “स्वास्थ्यको क्षेत्रमा कैलालीका १३ वटै स्थानीय तहमा टीकापुर अगाडि छ । हामीले कतै उदाहरण दिँदा पनि टीकापुरको दिने गरेका छौँ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.