सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार महासंघ चितवनले पठायो प्रधानमन्त्रीलाई हस्ताक्षर : “नियमनको नाउँमा नियन्त्रणको प्रयास”


  •    /६ असार २०७६, शुक्रबार १६:४० 
  • चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले मिडिया काउन्सिल विधयेकविरुद्ध संकलन गरिएको हस्ताक्षर शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित कार्यक्रममा महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले विधेयकमा नियमनको नाउँमा नियन्त्रण गर्न सक्ने गरी बुँदाहरु समेटिएको बताउनुभयो । मिडियालाई नियमन गर्न कुनै आपत्ति नरहेको बताउँदै उहाँले नियन्त्रण गर्न खोज्नु घातक रहेको बताउनुभयो ।

    मिडिया काउन्सिल विधेयकमा काउन्सिल गठन, नियुक्त र सञ्चालन सम्बन्धी बुँदाहरु आपत्तिजनक रहेको बताउँदै उहाँले पर्याप्त छलफल नगरी विधेयक ल्याईएको बताउनुभयो ।

    सो अवसरमा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले महासंघले बुझाएको हस्ताक्षर छिटो प्रधानमन्त्री कार्यालयमा पठाउन पहल गर्ने बताउनुभयो ।

    संकलित हस्ताक्षर अध्यक्ष खतिवडाले प्रमुख जिल्ला अधिकारी बस्नेतलाई बुझाउनु भएको थियो । सो अवसरमा जिल्लाका पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबारदेखि देशव्यापी प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको थियो । विधेयकमा भएका प्रेस स्वतन्त्रताविरुद्धका प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै महासंघले दुई चरणमा आन्दोलन सम्पन्न गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.