सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्जीवन बीमा कम्पनीले कोरोना बीमाको भुक्तानी बढ्यो, ६० हजारले लिए रकम


  •    न्युजभित्तो/९ बैशाख २०७८, बिहीबार १३:११ 
  • काठमाडौं , ९ वैशाख । निर्जीवन बीमा कम्पनीले ६० हजारभन्दा बढीलाई कोरोना बीमा रकम भुक्तानी गरेका छन् ।

    बीमा समितिका अनुसार ९१ हजार ६७३ जना बीमितले भुक्तानीका लागि आवेदन दिएकोमा चैत ३० गतेसम्म ६० हजार ५८७ जनाले रकम पाइसकेका छन् ।

    अहिलेसम्म विभिन्न २० निर्जीवन कम्पनीले पाँच अर्ब ८५ करोड १५ लाख रूपैयाँ बीमा रकम भुक्तानी गरेका हुन् । बीमा समितिका अनुसार महामारी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा गत चैत ३० गतेसम्म फाइल प्रमाणीकरणका लागि ३७ हजार फाइल पठाएकोमा १८ हजार ५२७ वटा फाइल प्रमाणित भएर बीमा समिति आइसकेको छ । १८ हजार ८५९ वटा फाइल भने अझै प्रमाणीकरण हुन बाँकी छ ।

    बीमा समितिका अनुसार ईडीसीडीले प्रमाणीकरण गरिसकेका ५ हजार ४३६ फाइल भने पुलको काम गरिरहेको शिखर इन्स्योरेन्समा पेन्डिङमा छ । ४३८ जनाको प्रमाणित हुने प्रक्रियामा रहेको बताइएको छ । कागजात पूरा नभएका १ हजार ९८९ फाइल ईडीसीडीबाट बीमा कम्पनीमा फिर्ता आएका छन् ।

    साथै ६ सय ६६ वटा फाइल दोहोरो परेकाले पेन्डिङमा नै राखिएको बीमा समितिले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.