सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सात वर्षपछि बल्ल पाए द्वन्द्वपीडितले परिचयपत्र


  •    न्युजभित्तो/९ बैशाख २०७८, बिहीबार १२:५१ 
  • मार्तडी, ९ वैशाख ।  सत्य, निरुपण तथा मेलमिलाप आयोग बनेको सात वर्षपछि बल्ल बाजुराका द्वन्द्वपीडितले परिचयपत्र पाएका छन् ।

    द्वन्द्वकालीन मुद्दा र घटनाको निरुपण गर्न बनेको आयोगले बुधबार यहाँ परिचयपत्र वितरण गरेको हो । पहिलोपटक नौ पीडितलाई परिचयपत्र वितरण गरेको आयोगका शाखा अधिकृत मुना भट्टराईले जानकारी दिनुभयो ।

    उहाँका अनुसार परिचयपत्र पाउने सूचीमा २१ को नाम पहिलो चरणमा समावेश गरिएको थियो । बडिमालिका नगरपालिकामा आयोजित कार्यक्रममा परिचयपत्र वितरण गरिइएको थियो । परिचयपत्र दिनसमेत आयोगले सात वर्ष लगाएको जनाउँदै पीडितले आक्रोश पोखेका थिए । परिचयपत्र दिएर मात्र पीडाको क्षतिपूर्ति नहुने र मनले न्यायको महसुस नगर्ने द्वन्द्वपीडित पूर्णबहादुर बुढाले बताउनुभयो ।

    जिल्लाका सूर्य साउद, अङ्गे सार्की, छम्मा गिरी, चक्र थापा, उजा विष्ट, बल बुढा, डबल बोगटी, गचे सार्की, गगने अधिकारी, दिलबहादुर बुढा, नयन सार्की, डम्मर सार्की, चन्द्रप्रकाश सुनार, राजेन्द्रबहादुर कुँवर, सङ्गम बुढा, पुष्कर दमाई, पूर्ण दमाई, पूर्णबहादर बुढा, प्रकाश बुढासहित परिचयपत्र पाउने सूचीमा रहेका आयोगका सदस्य प्रचण्डराज प्रधानले जानकारी दिनुभयो । आयोग बनेलगत्तै जिल्लास्थित शान्ति समितिको कार्यालयहरुमा उजुरी लिने काम गरिएको थियो ।

    यसमा देशभरिबाट ६३ हजार ७१८ निवेदन परेका थिए । तीमध्ये तीन हजार ७८७ लाई परिचयपत्र दिने गरी प्रक्रिया थालिएको आयोगले जनाएको छ । आयोगका सदस्य प्रधानको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बडिमालिकाका प्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, प्रहरी नायब उपरीक्षक मदनजीत महरा, सरकारी कार्यालयका वकिल तथा पत्रकारसहितको सहभागिता थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.