सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जीप दुर्घटनामा ४ जनाको मृत्यु, १० घाइते


  •    /६ असार २०७६, शुक्रबार १५:३९ 
  • काठमाडौं । धादिङमा आज दिउँसो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका–६, बाँझागाउँमा बा १६ च ९४०८ नम्बरको जीप दुर्घटना हुँदा २ जना पुरुष र २ जना महिला गरी ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

    घाइतेहरुलाई उद्दार गरी उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभएको छ ।

    धादिङकै कार्कीडाँडाबाट बैरेनी आउँदै गरेको महिन्द्रा गाडीमा सवार १४ जनामध्ये २ जना महिला र २ जना पुरुषको घटनास्थलमा मृत्यु भएको प्रहरी उपरीक्षक बैदवारले बताउनुभएको छ । दुर्घटनामा मृत्यु हुनेमा गल्छी गाउँपालिका–४, कार्कीडाँडाका ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेतु मिजार, गल्छी–६ बाझगाउँका ३० वर्षीय कान्छी भुजेल र २५ वर्षीय नानु तामाङ रहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
    पूर्वउपसभापति खड्कालाई सातदिने स्पष्टीकरण
    • आरोग्य दिवस मनाइयो
    • कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने
    • सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
    • मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.