सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जीप दुर्घटनामा ४ जनाको मृत्यु, १० घाइते


  •    /६ असार २०७६, शुक्रबार १५:३९ 
  • काठमाडौं । धादिङमा आज दिउँसो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका–६, बाँझागाउँमा बा १६ च ९४०८ नम्बरको जीप दुर्घटना हुँदा २ जना पुरुष र २ जना महिला गरी ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

    घाइतेहरुलाई उद्दार गरी उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभएको छ ।

    धादिङकै कार्कीडाँडाबाट बैरेनी आउँदै गरेको महिन्द्रा गाडीमा सवार १४ जनामध्ये २ जना महिला र २ जना पुरुषको घटनास्थलमा मृत्यु भएको प्रहरी उपरीक्षक बैदवारले बताउनुभएको छ । दुर्घटनामा मृत्यु हुनेमा गल्छी गाउँपालिका–४, कार्कीडाँडाका ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेतु मिजार, गल्छी–६ बाझगाउँका ३० वर्षीय कान्छी भुजेल र २५ वर्षीय नानु तामाङ रहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.