सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन


  •    न्युजभित्तो/९ बैशाख २०७८, बिहीबार १०:३५ 
  • झापा, ९ वैशाख  । वैदेशिक रोजगारीबाट फर्केर मेचीनगर नगरपालिका–९ थोप्लेबिरानका सुनिल शिवाकोटीले शुरु गर्नुभएको इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन लाभदायक बनेको छ ।

    प्लास्टिकको भकारीमा पानी भरेर माछा पाल्ने इन्डोनेशियाली प्रविधि सुनिलले मलेशियामा रहँदा सिकेको बताउनुभयो । एक वर्षअघि ‘सावनी कृषि फार्म’ दर्ता गरेर उहाँले आफ्नै घरबारीमा रु ६० लाखको लगानीमा दुई वटा भकारीमा माछापालन शुरु गर्नुभएको हो । भकारीमा गरिएको माछापालनबाट पहिलो वर्ष खर्च कटाएर रु एक लाख बचत भएको छ ।

    हाल १६ कठ्ठा क्षेत्रफलमा फैलिएको फार्ममा माछा, कुखुरा र बाख्रापालन भइरहेको छ । आगामी दिनमा १० कठ्ठा जमिन लिजमा थपेर व्यवसाय विस्तार गर्ने उहाँको योजना छ । आगामी दिनमा कुखुराको दाना उत्पादनलाई समेत प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । माछा र कुखुरा किन्न स्थानीयवासी फार्ममै आइपुग्ने गरेका छन् ।

    “स्वदेश फर्केर यही विधिबाट माछा पाल्ने सोचेको थिएँ”, उहाँले भन्नुभयो, “अहिले दाजुसँग मिलेर फार्म दर्ता गरी माछा र कुखुरा पाल्दैछौँ ।” तीन वर्ष मलेशियामा बिताउँदा उहाँले इन्डोनेशियाली प्रविधिमा आधारित माछापालनलाई नजिकबाट नियालेको बताउनुभयो । यो प्रविधिअनुसार माछा पाल्नका लागि जमिनमा पोखरी खन्नु पर्दैन । जमिनमाथि नै प्लास्टिकको भकारीमा पानी भरिन्छ र माछाका भुरा छाडिन्छ । यसरी भकारीमा एकपल्ट भरिएको पानी माछा हुर्किन्जेलसम्म काम लाग्छ । माछालाई सास फेर्न सहज होस् भनेर पानीमा अक्सिजनको मात्रा बढाउन मेशिन जडान गरिन्छ । माछाको आहार त्यही भकारीमा हालिन्छ ।

    सुनिललाई यो व्यवासायमा दाजु दीपक शिवाकोटीको दर्बिलो साथ छ । दीपक पनि सशस्त्र प्रहरीमा सात वर्षको जागिर छाडेर माछापालन व्यवसायमा लाग्नुभएको हो । शिवाकोटी दाजु–भाइले जमिनमाथि भकारी राखेर माछा पाल्ने आधुनिक र वैज्ञानिक कृषि प्रणालीलाई भित्र्याएकोमा स्थानीयवासी हर्षित छन् । यसअघि जमिनमुनि पानी जमाएर प्राकृतिक वा कृत्रिम पोखरीमा माछा पालिएको मात्र देखिएको स्थानीय पत्रकार डम्बर बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशमा बस्दा उहाँले प्रविधि सिकेर आफ्नो देशमा भित्र्याउनुभएको छ, यो ज्यादै खुशीको विषय हो ।” एउटै थलोबाट माछा, कुखुरा र बाख्रा पाल्ने आफूहरुको योजना रहेको दीपकले बताउनुभयो । यो व्यवसायमा हालसम्म रु ६० लाख लगानी भइसकेको र आगामी दिनमा थप रु ६० लाख लगानी हुने उहाँहरुको भनाइ छ ।

    उहाँहरुले आफ्नो कमाइले भ्याएर लगानी गर्नुभएको होइन । विभिन्न बंैकबाट कर्जा लिएको बताउनुभयो । पोखरी निर्माणमा जमिन खन्नु नपर्ने र एकपटक प्रयोग गरेको पानीले सधैँलाई पुग्ने हुँदा पानीको समेत बचत हुने उहाँहरुले जानकारी दिनुभयो । पोखरी निर्माणमा आवश्यक पर्ने सामान भने चीनबाट आयात गरिएको छ । आगामी दिनमा थप २० वटा पोखरी निर्माण गर्ने शिवाकोटी दाजुभाइको योजना छ । आफ्नो एकल लगानीमा यति ठूलो कृषि फार्म सञ्चालन गर्दा सरकारी पक्षबाट भने कुनै सहयोग र प्राविधिक सेवा नपाएको उहाँहरुको गुनासो छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.