सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन


  •    न्युजभित्तो/८ बैशाख २०७८, बुधबार १६:२१ 
  • काठमाडौँ, ८ वैशाख ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ ।

    त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिनुभएको हो । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय र कलेजलाई अनलाइन वा वैकल्पिक माधयमबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    उहाँका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, झापा, सुनसरी, मोरङ, सप्तरी, जनकपुर, मकवानपुर, रुपन्देही, बुटवल, चितवन, बाँके, पर्सा, नेपालगञ्ज, दाङ, सुर्खेत, बागलुङ र महेन्द्रनगरमा सैद्धान्तिक कक्षा अनलाइनको माध्यमबाट सञ्चालन गर्न भनिएको छ । त्रिविले यी ठूला शहरबाहेक बाँकी जिल्लाका शहरमा भने स्थानीय तहसँगको समन्वयमा जनस्वास्थ्यका मापदण्ड लागू गरी कक्षा सञ्चालन गर्न आग्रह गरेको हो ।

    यस्तै त्रिविले आवश्यक स्वास्थ्य सावधानी अपनाई परीक्षा सञ्चालन, २५ जनाभन्दा बढी उपस्थित नहुने गरी कुनै सभा, बैठक, गोष्ठी, सभा नगर्न र सबै कार्यालय, क्याम्पस, स्कुल र विभागले स्वास्थ्य सावधानी अपनाउँदै मास्क, सेनिटाइजर र साबुन पानीको आवश्यक व्यवस्था गर्न आग्रह गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.