सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै


  •    न्युजभित्तो/८ बैशाख २०७८, बुधबार १६:१६ 
  • काठमाडौं,  ८ वैशाख ।चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडानका लागि प्रक्रिया अघि बढाइएको छ । अहिले ठेक्का मूल्याङ्कन स्वीकृतिको चरणमा रहेको विभागले जनाएको छ ।

    कोटेश्वर–कलङ्की खण्डमा चारदेखि पाँच ठाउँमा बत्ती जडान गर्ने योजना बनाइएको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका युनिट चिफ कृष्णनाथ ओझाले बताउनुभयो । चीन सरकारको सहयोगमा केही वर्ष पहिले विस्तार भएको यो खण्ड उपत्यकामा सवारी दुर्घटना बढी हुने सडकमध्येको हो । उहाँका अनुसार यो सडकमा ट्राफिक बत्ती जडान चालू आवमा ठेक्का लागेर अर्को वर्ष काम हुनेछ । यसका लागि बजेट छुट्टाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो वर्ष शुरु भएपछि अर्को वर्ष चार÷पाँच महिनामा सकिन्छ ।”

    केही वर्ष पहिलेसम्म पनि काठमाडौँ उपत्यकामा कुनै पनि स्थानमा ट्राफिक बत्तीले काम नगरेकामा विभाग आफैँले केही वर्षयता गरेर झण्डै १९ ठाउँमा बत्ती जडान गरिसकेको छ । विभागलाई स्थानीय तहलगायत अरु निकायले जडान गरेकामा सम्पर्क नगरी जडान भइरहेको युनिट चिफ ओझाले जानकारी दिनुभयो । अहिलेसम्म बत्ती जसजसले जडान गरेको छ उसले ‘सिस्टम’ आआफ्नो तरिकाले राख्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जेठसम्म मर्मत अवधि भएकाले त्यसपछि ‘सिस्टम’ विभागलाई हस्तान्तरण हुनेछ ।

    विभागले जडान गरेका ठाउँमा पनि ‘मर्मत अवधि’ चलिरहेकाले अहिलेसम्म त्यसको ‘सिस्टम’ आउन बाँकी छ । जडान गर्ने कम्पनीले हस्तान्तरण गरेपछि केही अपडेट गर्नुपर्ने उहाँले बताउनुभयो । ‘प्रोग्राम’ नियन्त्रणको काम विभागको हुनेछ ।

    उपत्यकामा रहेका सबै बत्तीको कुन समयसम्म कुन बत्ती बल्ने भनी समयको निर्धारण र नियन्त्रणको काम ट्राफिक प्रहरी महाशाखाले गर्दै आएको छ । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक बत्तीका कारण सवारीसाधन व्यवस्थापन सजिलो बन्दै गएकाले उपत्यका र उपत्यका बाहिर पनि यसको माग आइरहेको छ ।
    उपत्यका बाहिर पोखरा, वीरगञ्जलगायतका शहरी क्षेत्रमा पनि यसको माग छ । अहिलेसम्म काठमाडौँ उपत्यका बाहिरमा पोखरामा एउटा चोकमा बत्ती जडान भएको छ । विस्तारको क्रममा रहेको वीरगञ्ज–पथलैया सडकका विभिन्न खण्डमा बत्ती जडान गरिने भएको छ । सडक निर्माणको ठेक्कामा नै बत्ती जडान समेटिएको बताइएको छ । काठमाडौँ उपत्यका बाहिरका जनसङ्ख्या र सवारी चाप बढी भएका शहरमा यसको माग गर्ने क्रम बढिरहेको छ ।

    काठमाडौँ उपत्यकामा केही वर्ष पहिले नै विभिन्न चोकमा बत्ती जडान भएपनि प्रयोगमा आउन सकेको थिएन । जडीबुटी, कोटेश्वर, थापाथलीलगायतका चोकमा कुनै निकायको सहयोगमा र कतै परीक्षणका लागि बत्ती जडान भएपनि प्रयोगमा आउन नसकेको हो ।

    बत्ती नहुँदा सवारीसाधनको व्यवस्थापनको काम ट्राफिक प्रहरीले चोक चोकमा उभिएर गर्दै आएका थिए । अहिले बत्ती जडान भएका स्थानमा कम सङ्ख्यामा मात्रै ट्राफिक प्रहरी खटिएको देख्न सकिन्छ । विभागले चालु आबमा विभिन्न स्थानमा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता गरिसकेको छ । अहिलेसम्म चक्रपथ वा चक्रपथभित्रका स्थानमा मात्रै ट्राफिक बत्ती जडान भइरहेकामा उपत्यकामा चक्रपथको बाहिरी क्षेत्रमा यसको माग बढिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.