सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानव सेवा आश्रमका बालगोपाल, लक्ष्मी र नारायण भवन बन्ने


  •    न्युजभित्तो/८ बैशाख २०७८, बुधबार १५:२६ 
  • मोरङ, ८ वैशाख । सडक जीवन बिताइरहेका सहयोगापेक्षीलाई उचित बसोबासका लागि मानवसेवा आश्रमले आज विराटनगर–५ मा तीन भवनको निर्माणको शिलान्यास गरेको छ ।

    कविर सेवा आश्रमले मानवआश्रममा सहयोगापेक्षीलाई व्यवस्थित बसोबास गर्नका लागि उपलव्ध गराएको छ कठठ जग्गामा आगामी एक वर्षभित्र भवन निर्माण हुनेछ । उक्त स्थानमा रु २२ करोडका लागतमा ५५ कोठाका तीन भवन निर्माण गरिने छ जसका नाम बालगोपाल, लक्ष्मी र नारायण राखिने छ ।

    मिस वल्र्ड नेपाल शृङ्खला खतिवडा संलग्न रहेको गाथा डिजाइन समूहले २७ हजार वर्ग फिट रहने गरी भवनको नक्शा निर्माण गरेको हो । प्रदेश नं १ सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, मोरङ र सुनसरीका उद्योगपति, व्यापारी र नागरिक समाजले उक्त भवन निर्माणका लागि आवश्यक पर्ने रकम व्यवस्था गर्ने छन् । यसैगरी महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीलगायत विभिन्न उद्योगपति, नागरिक समाजलगायत अन्य गण्यमान्यले व्यक्तिगतरुपमा एकएक कोठाका लागि रु एक करोड ७४ लाख सहयोग गरी ३४ कोठा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    महानगरका प्रमुख पराजुली र उपप्रमुख इन्दिरा कार्की, कविर आश्रमका जग्गादाता सुशीला खड्का, मानवसेवा आश्रमका संयोजक रामजी अधिकारीलगायतले संयुक्त रुपमा भवनको छ स्थानमा शिलान्यास गर्नुभएको थियो । सो अवसरमा महानगर प्रमुख पराजुलीले सहयोगापेक्षीको बाँकी जीवन सुखमय बनाउन आश्रम निर्माणले सहयोग पु¥याएको धारणा राख्नुभयो ।सामाजिक विकास मन्त्रालय सचिव गोविन्दबहादुर कार्की, कलाकार दीपाश्री निरौला, मनोज गजुरेल, आनीछोइङ डोल्मा, पूर्वप्रहरी अधिकृत रमेश खरेललगायतले सडकमा खाना, छाना र नानाविना जीवनयापन गरिरहेका सहयोगापेक्षीलाई सम्मानपूर्वक बसोबासको व्यवस्था गर्न लागिएमा खुशी व्यक्त गर्नुभयो

    । यसैगरी आश्रम निर्माणका लागि विराट व्यापार सङ्घले रु दुई लाख ५० हजार तथा ११ जनाले रु एक लाख ११ हजार १११ का दरले आश्रमको वार्षिक भोजनको आजीवन सदस्यता दिनुभएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.