सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना कहरले बुटवलका अधिकांश आयोजना प्रभावित, लक्ष्य पूरा नभएपछि फेरि म्याद थपियो


  •    न्युजभित्तो/८ बैशाख २०७८, बुधबार १४:२८ 
  • रुपन्देही, ८ वैशाख । कोरोना संक्रमणका कारण गतवर्ष कार्यान्वयन हुन नसकेका योजना पूरा गर्न बुटवल उपमहानगरपालिकाले म्याद थप गर्दै आएको छ । फागुन मसान्तसम्म सबै योजनाहरूको सम्झौता गरी कार्यान्वयनमा जाने लक्ष्य लिएकोमा पूरा नभएपछि शुरुमा एक महिना थप गरी चैत मसान्तसम्म सबै योजनाको सम्झौता गर्नेगरी समयसीमा परिवर्तन गरिएको थियो । तर उक्त समयमा पनि लक्षित योजना अगाडि नबढेकाले बाध्य भएर फेरि म्याद थप गरिएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

    चैत महिना अन्तिम मिति तोकेको उपमहानगरले गतवर्ष कार्यान्वयनमा नआएका योजनाहरूका लागि पुनः १५ दिन म्याद थप गरेको उनले बताए । उपमहानगरले यही वैशाखको १५ गतेसम्म गत आर्थिक वर्ष २०७६/७७ मा स्थगित भएका योजनाहरूलाई यसै आर्थिक वर्षमा सक्नेगरी पुनः म्याद थप गरेको हो ।

    काम शुरु गर्ने समयमा यो वर्ष पनि कोरोना महामारीको संक्रमण बढ्न थालेपछि सबै योजनाहरू कार्यान्वयन गर्न समस्या पर्ने देखिएको ठेकेदार सन्तबहादुर क्षत्रीले बताए । कोरोना दिनदिनै बढ्न थालेपछि कामदारहरु नियमित आउन छाडेका कारण यस्तो समस्या आउनसक्ने आफूले आंकलन गरेको उनको भनाइ छ ।

    गत आर्थिक वर्षका योजनाहरु २ सय ८९ बाँकी रहेकोमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा २ सय ४८ योजना पूरा गरिसकेको उपमहानगरले चालु आर्थिक वर्षमा कार्यान्वयनमा ल्याएका ४ सय ७ योजनामध्ये २५ योजना मात्रै सम्पन्न भएको जनाएको छ । चालु आर्थिक वर्षका लागि गतवर्ष सहितका ८ सय १४ योजना स्वीकृत भएका थिए । यी मध्ये ६ सय ९६ योजना कार्यान्वयनमा गएका थिए ।

    पुँजीगत खर्च ३६ प्रतिशत मात्रै

    यसैबीच बुटवल उपमहानगरपालिकाले चैत मसान्तसम्ममा ३६ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ३६.२४ प्रतिशत मात्रै खर्च भएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । उनले चालु खर्च ४४.८१ प्रतिशत र वित्तीय खर्च ४२.६६ प्रतिशत खर्च भएको बताए । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा अनुमानित आएको ७०.४५ प्रतिशत आम्दानी गरेको उपमहानगरले जनाएको छ ।

    २ अर्ब २० करोड ३४ लाख अनुमानित आम्दानी लक्ष्य राखेको उपमहानगरले १ अबै ६२ करोड १४ लाख आम्दानी गरिसकेको जनाएको छ । संघीय सरकारबाट अनुमानितको ५३.६३ प्रतिशत, प्रदेश सरकारबाट ८०.९८ प्रतिशत, राजस्व बाँडफाँडबाट ७४.८१ प्रतिशत, आन्तरिक श्रोत ऋणसमेत गर्दा ७०.६२ प्रतिशत आम्दानी गरेको जनाइएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.