सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्तीमा सशस्त्र प्रहरीद्वारा १ सय ३५ किलो गाँजा बरामद


  •    न्युजभित्तो/८ बैशाख २०७८, बुधबार १३:३८ 
  • चितवन, ८ वैशाख  । पूर्वी चितवनको राप्ती नगरपालिका १ पिप्लेमा मंगलबार बिहान सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको पिप्लेमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ च ९२२७ नम्बरको सेतो रंगको बोलेरो गाडीमा लुकाएर ल्याइएको गाँजा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।

    सेतो रंगको बोलेरो गाडीबाट १ सय ३५ दशमलव २४ किलो गाँजा बरामद गरीएको सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय भण्डाराका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) सुशील पराजुलीले बताउनुभयो । सशस्त्र प्रहरी निरीक्षक प्रज्वल कुमार सिलवालको कमाण्डमा खटिएको  ७ जनाको टोलीले गाँजा बरामद गरेको हो ।

    स्थानियले दिएको खबर अनुसार मंगलबार बिहान ७:५० बजे पूर्व पश्चिम राजमार्गमा स्थानियबासीहरुको रोहबरमा सवारी साधनहरु चेकजाँच गरि गाँजा नियन्त्रणमा लिइएको हो । गाँजा बोकेको गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा रहे पनि बोलेरोको चालक भने फरार रहेको उहाँले बताउनुभयो । थप अनुसन्धानको लागि लागु औषध (गाँजा) र बोलेरो गाडी ईलाका प्रहरी कार्यालय खैरहनी पठाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.