सर्वोच्च अदालतका दुई न्यायाधीशले लिए सपथ,प्रधानन्यायाधीशले गराउने सपथग्रहण अब शीतल निवासको साटो सर्वोच्चमै हुने
न्युजभित्तो/८ बैशाख २०७८, बुधबार १२:३९
काठमाडौं , ८ वैशाख। प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले सर्वोच्च अदालतका दुई नवनियुक्त न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुँडाललाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।
सर्वोच्च अदालतमा आयोजित एक समारोहमा दुवै न्यायाधीशले सपथ लिएका हुन् । सपथलगत्तै दुवै न्यायाधीशलाई आजैबाट इजलाससमेत तोएिको छ ।
दुई न्यायाधीशलाई सर्वोच्चमै सपथ गराएसँगै प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गएर गराउने सपथको परम्परा परिवर्तन गरेका छन् । राष्ट्रपतिको उपस्थितिमा गराउनुपर्ने बाहेकका सपथ अब प्रधानन्यायाधीशले सर्वोच्च अदालतमै गराउने भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, संवैधानिक आयोगका पदाधिकारी, राष्ट्र बैंकका संचालकलगायत अधिकांस पदाधिकारीलाई प्रधानन्यायाधीशले सपथ गराउने संवैधानिक व्यवस्था छ ।
ती सपथग्रहण समारोह राष्ट्रपति भवन शीतल निवासमा हुने गरेकामा अब राष्ट्रपतिकै उपस्थितिमा हुनुपर्ने बाहेक अन्य सपथग्रहण कार्यक्रम सर्वोच्चमै गर्न लागिएको सर्वोच्च स्रोतले जनाएको छ ।