सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१९ केजी गाँजासहित युवा पक्राउ


  •    न्युजभित्तो/८ बैशाख २०७८, बुधबार १०:३४ 
  • पर्सा, ८ वैशाख । नेपालबाट भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट १९ किलोग्राम गाँजासहित वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी उमर अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । ना३८प ६२२६ नंको मोटरसाइकलमा राखी भारततर्फ जाने क्रममा प्रहरीले अन्सारीलाई गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

    उहाँले मङ्गलबार वीरगञ्जबाट दक्षिणततर्फ जाँदै गरेका अन्सारीलाई रोकी जाँच गर्दा दुई पोकामा रहेको गाँजा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि अन्सारीलाई नियन्त्रणमा लिइएको बताउनुभयो । बरामद गाँजा, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागुऔषध कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.