सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भाइरसबाट बच्न सावधानी अपनाउँदै भक्तालुहरु विक्रम बाबाको दर्शन गर्न थाले


  •    न्युजभित्तो/७ बैशाख २०७८, मंगलवार १६:१६ 
  • चितवन, ७ वैशाख ।  कोरोना भाइरसबाट बच्न सावधानी अपनाउँदै भक्तालुहरु विक्रम बाबाको दर्शन गर्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको विक्रम बाबालाई दर्शन गर्न विभिन्न ठाउँबाट भक्तालुहरु पुगेका छन् ।

    परापूर्वकालदेखि थारु समुदायले पूजा गर्दै आइरहेको विक्रम बाबा देवतालाई यसवर्ष पनि पूजाआजा गर्न भक्तालुहरु उपस्थित भएका छन् ।
    विगतमा ठूलो मेला लाग्ने गरेपनि यसपटक कोरोना भाइरसका कारण निकुञ्जले मेलामा रोक लगाएको छ । निकुञ्जले धेरै भिडभाड नहुने गरी भक्तालुहरुलाई निकुञ्ज भित्र प्रवेश गर्न दिएको छ ।

    चैते दशैको अवसरमा अष्टमी र नवमीमा विशेषगरी विक्रम बाबाको पूजा गर्ने गरिन्छ । थारु समुदायले परापूर्वकालदेखि सन्तान प्राप्त होस् भनि विक्रमबाबाको भाकल गर्दै आइरहेका छन् । सन्तान प्राप्त भएपछि पशुबली दिइन्छ । पछिल्लो समय थारु समुदायका अलवा अन्य समुदायको पनि विक्रमबाबा प्रति आस्था बढेको छ ।

    किंवदन्तीका अनुसार विक्रम नाम गरेको थारु गुरौंको बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पुरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ती, मनोकामना पुरा हुने परम्परागत विश्वास गरिँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.