सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत पायो


  •    न्युजभित्तो/७ बैशाख २०७८, मंगलवार १५:२९ 
  • काठमाडौँ, ७ वैशाख ।  सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ ।

    कम्पनीको सिइओमा खुला प्रतिस्पर्धाबाट मोहनप्रकाश चन्दलाई नियुक्त गरिएको छ । गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि चन्दलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयानुसार चन्दले गत बिहीबार नै प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरिसक्नुभएको छ ।

    विसं २०७४ असोजमा डा शिवहरि श्रेष्ठको कार्यकाल सकिएपछि कम्पनीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक सिइओका रुपमा रहँदै आएका थिए । कैलालीका चन्द तत्कालीन खाद्य संस्थानका नवौँ तहबाट अवकाशप्राप्त कर्मचारी हुनुहुन्छ। (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.