सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रेसले एक साताभित्र क्रियाशील सदयस्ता वितरण तथा नवीकरण गरिसक्न निर्देशन,त्यसपछि ‘इन्ट्री’ नहुने


  •    न्युजभित्तो/७ बैशाख २०७८, मंगलवार १३:३८ 
  • काठमाडौं, ७ वैशाख ।  नेपाली कांग्रेसले एक साताभित्र क्रियाशील सदयस्ता वितरण तथा नवीकरण गरिसक्न निर्देशन दिएको छ। वैशाख १५ गते राति १२ बजेभित्र क्रियाशील सदस्यता वितरण गरेर त्यसको विवरण सफ्टवेयरमा इन्ट्री गरिसक्न कांग्रेस केन्द्रीय समिति बैठकले निर्देशन दिएको हो।

    वैशाख १५ गते राति १२ बजेपछि क्रियाशीलको विवरण सफ्टवेयरमा इन्ट्री गर्न नमिल्ने व्यवस्था मिलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। त्यसपछि क्रियाशील सदस्यता लिएकाहरू अधिवेशन तथा महाधिवेशनमा भाग लिन योग्य हुने छैनन्।

    तर कांग्रेसले चार जिल्लालाई भने वैशाख मसान्तसम्म क्रियाशील सदस्यताको काम गर्ने समय दिएको छ। समायोजन विवाद देखिएका सिन्धुपाल्चोक र सप्तरीमा वैशाखभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसक्नुपर्नेछ। साथै बारा र सोलुखुम्बुमा केही दिनअघि मात्रै क्रियाशील बाँड्न थालेकाले वैशाखसम्म समय दिइएको हो।

    अर्घाखाँची जिल्ला कार्यसमितिले भने पहिले नै क्रियाशील सदस्यता बाँडेर केन्द्रमा विवरणसमेत बुझाइसकेको थियो। यहाँ क्रियाशील सदस्यता वितरणमा विवाद देखिएको पनि छैन।

    ७२ जिल्लामा हिजोआज क्रियाशील वितरण र नवीकरण गरेर विवरण सफ्टवेरमा इन्ट्री गर्ने काम भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

    मुख्यसचिव पौडेलका अनुसार अहिलेसम्म सफ्टवेयरमा ६ लाखभन्दा बढी क्रियाशील सदस्यको विवरण इन्ट्री भइसकेको छ। ‘धमाधम क्रियाशील सदस्यको विवरण इन्ट्री भइरहेका छन्,’ उनले भने।

    कांग्रेसले यसपटक क्रियाशील सदस्यको संख्या १० लाख कटाउने भनेको छ। २०७२ सालमा १३ औं महाधिवेशन हुँदा चार लाख ८० हजार हाराहारीमा कांग्रेस क्रियाशील सदस्य थिए।

    विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग मिलेपछि उक्त पार्टीबाट आएका २५ हजार बढीलाई क्रियाशील सदस्यता दिने कांग्रेसको तयारी छ।

    यसबीचमा राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका सहमहामन्त्री सुनिलबहादुर थापा पक्षका नेता/कार्यकर्तालाई पनि क्रियाशील सदस्यता दिने कांग्रेसको तयारी छ।

    कांग्रेसमा क्रियाशील सदस्य नै वडा पार्टी संरचना तयार पार्ने मतदाता हुन्। वडाबाट छानिएका प्रतिनिधि क्षेत्रीय कार्यसमितिमा जान्छन् भने क्षेत्रबाट चयन हुने प्रतिनिधि नै केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि हुन्।

    साथै कांग्रेसले क्रियाशीलको विवरण, सदस्यता शुल्क र लेवीलगायत कागजात वैशाख १७ भित्र केन्द्रमा पठाउन भनेको छ।

    ‘लेवी रकम, काजगात वैशाख १७ गते अपरान्ह ५ बजेभित्र केन्द्रीय कार्यालयमा पठाइक्नुपर्छ,’ केन्द्रीय समितिको सोमबारको बैठकले जिल्ला कार्यसमितिलाई निर्देशन दिँदै भनेको छ।

    साथै क्रियाशील सदस्यको विवरण केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको वेवसाइटबाट सार्वजनिक गर्नेछ। केन्द्रीय समिति सदस्य रमेश लेखक उक्त समिति संयोजक छन्।

    अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाको हकमा केन्द्रीय कार्यालयबाट वैशाख १५ भित्र क्रियाशील सदस्यता फारम जिल्लामा पठाइसक्नु पर्ने पनि समय तोकिएको छ।

    ‘त्यस्ता फारम प्रक्रिया पूरा गरी जिल्ला कार्यसमितिले वैशाख मसान्तभित्र केन्द्रमा पुर्‍याइसक्नु पर्ने र त्यसको कम्प्युटर इन्ट्री क्रियाशील सदस्यता छानविन समितिले नै केन्द्रमा गर्ने गरी व्यवस्था गर्ने’ निर्णय केन्द्रीय समितिको छ।

    कांग्रेसले भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने बताएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.