सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन जिल्लाका सबै स्थानीय तहमा रहेका खोप केन्द्रबाट कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउन सुरु


  •    न्युजभित्तो/७ बैशाख २०७८, मंगलवार १२:०६ 
  • काठमाडौं, ७ वैशाख । चितवन जिल्लाका सबै स्थानीय तहमा रहेका खोप केन्द्रबाट कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।

    २०७७ माघ १४ देखि २४ र फागुन २ देखि १० गतेभित्र कोभिड खोप लगाएकाहरुलाई दोस्रो डोज खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताए । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंमसेविका, सरकारी कर्मचारी, जनप्रतिनिधि, पत्रकार, बैंक तथा वितिय क्षेत्रका कर्मचारी र सुरक्षाकर्मीहरुलाई दोस्रो डोजको खोप दिइने कार्यालय प्रमुख तिवारीले बताए ।

    स्वास्थ्य कार्यालयले परिचय पत्र वा पहिलो डोज लिएको खोप कार्ड लिएर मात्र खोप सेवा लिन जान अनुरोध गरेको छ । स्वास्थ्य कार्यालयले विभिन्न स्थानमा खोपकेन्द्र तोकेको छ ।

    भरतपुरस्थित स्वास्थ्य कार्यालयको परिसरमा रहेको मातृ शिशु स्वास्थ्य क्लिनिकमा खोप केन्द्र बनाइएको छ । विहान १० देखि दिउँसो ३ बजेसम्म चल्ने यस खोप केन्द्रमा भरतपुरका पायक पर्ने व्यक्तिहरु खोप लगाउन जान पाउने छन् ।

    भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लागि सम्बन्धित अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुका लागि खोप केन्द्र तोकिएको छ ।

    वैशाख ७ र ८ गते भरतपुर क्षेत्रका स्वास्थ्यकर्मी, निजी अस्पतालहरु, स्वास्थ्य प्रदायक संघसंस्थाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइने छ । यस्तै वैशाख ९ र १० गते सांसद, जनप्रतिनिधि, निजामती कर्मचारी, पत्रकार, स्वास्थ्य सेवाका सम्बन्धित परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीहरुलाई खोप दिइने छ ।

    वैशाख ११ गते बैंकका कर्मचारी, १२ गते प्राधिकरण तथा संस्थानका कर्मचारीहरु, महिला स्वास्थ्य स्वंमसेविका, १३ गते कारागार, आश्रमहरु र छुटपुट सबैलाई खोप दिइने कार्यालयका प्रमुख तिवारीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.