सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसद अधिवेशन हठात् रुपमा अन्त्य गरिएको भन्दै राष्ट्रिय जनमोर्चाको विरोध


  •    न्युजभित्तो/७ बैशाख २०७८, मंगलवार ११:५२ 
  •  काठमाडौं, ७ वैशाख । संसद अधिवेशन हठात् रुपमा अन्त्य गरिएको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली पुनस्र्थापित संंसदकोसमेत विरुद्ध रहँंदै आएको र संसदलाई विजनेस नदिइ अन्त्य गरेको आरोप जनमोर्चाले लगाएको छ ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा संसद अधिवेशन अन्त्यको निर्णयलाई वर्तमान सरकारको अधिनायकवादी तथा निरंकुश कदम भनेर भत्र्सना गरिएको छ ।

    ‘संसदमा सरकारका विषयमा उठेका सवालहरुको जवाफ दिनु सरकार प्रमुखको नाताले प्रधानमन्त्रीको दायित्व हुन्छ । संसदीय परम्परा अनुसार पनि त्यसको जवाफ नदिई संसदको नियमित बैठकका लागि तोकिएको मितिमा बैठक बस्न नदिई हठात रुपमा संसद अधिवेशनको अन्त गरेका छन् । उनको यो अधिनायकवादी तथा निरंकुश कदमको हामी घोर विरोध तथा भत्र्सना गर्दछौं,’ जनमोर्चाले भनेको छ ।

    साथै प्रधानमन्त्री केपी शर्मा ओली देशलाई मध्यावधि निर्वाचनमा धकेल्न उद्दत रहेको आरोपसमेत जनमोर्चाले लगाएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘ओली यो संसदलाई भंग गरेर देशलाई मध्यावधिमा धकेल्नका लागि जुनसुकै हत्कण्डा अपनाउन तयार भएका छन् । ओलीको यो क्रियाकलापले देशको गणतन्त्र तथा राष्ट्रियता खतरामा परेको छ ।’

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन सोमबार दिउँसो १ बजेदेखि अन्त्य गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.