सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारले सोमबार जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड तथा आदेश कार्यान्वयनमा आएकै छैन: नेता नेम्वाङ


  •    न्युजभित्तो/७ बैशाख २०७८, मंगलवार ११:४१ 
  • काठमाडौं, ७ वैशाख  ।  एमाले नेता सुवास नेम्वाङले सरकारले सोमबार जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड तथा आदेश कार्यान्वयनमा आइनसकेको बताएका छन् ।

    सरकारले उक्त आदेश जारी गरेको भोलिपल्ट बालुवाटारमै  प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले स्वास्थ्य सुरक्षा मापदण्ड र आदेश किन पालना नगरेको भनेर संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङलाई गरेको प्रश्नमा उनले सुरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गरिएको बताए ।
    ‘बालुवाटारमा बिहान भएको कार्यक्रममा म पनि सहभागी भएको हो । तर, त्यहाँ सुरक्षा मापदण्ड अपनाइएको थियो’ नेम्वाङको भनाइ थियो ।
    तर, सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेर गरेको निर्णय त कार्यान्वयन भएको देखिएन नि ? भन्ने अर्को प्रश्नमा नेम्वाङले आफूलाई त्यो थाहा नभएको बताए ।

    रातोपाटीसँग सम्वाद भएको एकैछिनमा पुनः नेम्वाङले ‘कल ब्याक’ गरेर मन्त्रिपरिषदबाट जारी आदेश कार्यान्वयनमा आइनसकेको बताए ।

    ‘तपाईले भनेपछि मैले यहाँ सरकारका साथीहरु र कानुन मन्त्रालयमा सोधेँ, त्यो आदेश त औपचारिकरुपमा कार्यान्वयनमा आइसकेको रहेनछ’, नेम्वाङले थपे, ‘निर्णय भएर सरकारले त्यसलाई कानुन मन्त्रालयमार्फत कार्यान्वयनका लागि पठाउँछ । त्यसपछि राजपत्रमा निकालेपछि मात्रै कार्यान्वयनमा जाने रहेछ नि !’

    यो पनि…

    नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बढ्दो कोरोना जोखिमबारे मापदण्ड तय गर्दै आदेश जारी गरेको थियो । मन्त्रिपरिषदले उक्त आदेश पारित गरेको केही घण्टामै सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले सर्वसाधारणको जानकारीका लागि भन्दै निर्णयहरु सार्वजनिक गरेका थिए । सो आदेश पालना नगर्नेलाई सजाय हुने गुरुङले बताएका थिए ।

    मन्त्रिपरिषदले पारित गरेको आदेशमा कुनै पनि सभा समारोह र धार्मिक कार्यक्रममा समेत २५ जनाभन्दा बढी भेला हुन नपाउने भनिएको छ।

    २५ जनासम्म भेला हुँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड जस्तै मास्क, स्यानिटाइजर, दुई मिटरको दुरी अनिवार्य हुनुपर्ने आदेशमा उल्लेख छ ।

    कानुन मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले सोमबार मन्त्रिपरिषदले जारी गरेका आदेशहरू सम्बन्धित मन्त्रालयबाट आउने क्रम जारी रहेको बताए । मन्त्रालयमा आउनेबित्तिकै सम्पादन गरेर राजपत्रमा प्रकाशित गर्ने उनले जानकारी दिए ।

    ‘कोरोनासम्बन्धी पछिल्ला आदेशहरू सवै आइसकेका छैनन्, सम्बन्धित मन्त्रालयबाट यहाँ आइ पुग्नेवित्तिकै प्रकाशित गरिन्छ’, सुचना अधिकारी दाहालको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.