नेपाल विद्यार्थी संघ मैँयादेवी कन्या कलेज भरतपुरद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग
न्युजभित्तो/६ बैशाख २०७८, सोमबार १४:२६
चितवन, ६ वैशाख । नेपाल विद्यार्थी संघ मैँयादेवी कन्या कलेज भरतपुरद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग गरिएको छ ।
नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ मैँयादेवी कन्या कलेज भरतपुरले माडी नगरपालिका ५ बरमपुरीका मृगौला पीडित अनुप घतानेलाई आर्थिक सहयोग गरेको हो ।
दुबै मृगौला खराब भई उपचारमा आर्थिक अवस्था कमजोर भएका घतानेको सहयोगका लागी संघ र संघका आवद्ध विद्यार्थीहरुको तर्फबाट छुट्ट छुट्टै रुपमा आर्थिक सहयोग गरिएको थियो । पीडित घतानेलाई उनको आफन्त मार्फत सहयोग रकम हस्तानतरण गरिएको इकाई सभापति प्रनिशा गुरुङले जानकारी दिनु भयो ।
सहयोग रकम हस्तान्तरण गर्दै इकाई सभापति गुरुङले पीडितको शिघ्र स्वास्थ्य लाभको कामना गर्दे सबैलाई सक्दो सहयोग गर्न आह्वान पनि गर्नुभयो ।