ने.बि.संघ चितवनमा समस्यै समस्या,एकैदिन फरक फरक ठाउँमा कार्यक्रम
न्युजभित्तो/६ बैशाख २०७८, सोमबार १३:३५
चितवन ६ वैशाख । लामो समय सम्म अधिवेशन नगरि चल्दै आएको नेपाल बिद्यार्थी संघभित्रको असन्तुष्टि स्थापना दिवसमा छताछुल्ल भएको छ । फल स्वरुप स्थापना दिवसका कार्यक्रममा ऐक्यवद्धता देखिएन । चितवन जिल्लामा विविध कार्यक्रम भएपनि एक पक्षले अर्को पक्षलाई निषेध गरेको प्रष्ट झल्किन्थ्यो । लामो समयसम्म अधिवेशन नहुँदा जिल्लामा विभिन्न समानान्तर समिति समेत अस्तित्वमा आएका छन ।
नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसको अवसरमा आज चितवन लगायत देशैभरी आज विविध कार्यक्रमको आयोजना गरि मनाइदै छ। चितवनमा भने दुईतिर फरक फरक कार्यक्रम भएको छ। एकातिर भरतपुर ०६ अरुणोदय कलेजमा नेपाली कांग्रेसका पुर्व पार्टी सभापति कृष्णलाल सापकोटाको प्रमुख आतिथ्यतामा त्यस्तै भरतपुर १०हाकिम चोकमा श्री मेडिकल कलेजको आयोजनामा भएको कार्यक्रममा नि नेपाली कांग्रेस चितवनका पुर्व पार्टी सभापति कृष्णलाल सापकोटा नै प्रमुख अतिथी रहनु भएको कार्यक्रममा चितवन जिल्लाका नेपाली कांग्रेसका सचिव उत्तम जोशी लगायत अन्य विभिन्न तह र तपकाको नेताहरु को उपस्थित भयो तर जिल्ला सभापति जितनारायण श्रेष्ठको भने दुई वटै कार्यक्रममा अनुपस्थित रह्यो। भरतपुरकै मानव सेवा आश्रममा भएको भोजन खुवाउने कार्यक्रम पार्टी सभापति श्रेष्ठ नै प्रमुख अतिथि रहनु भएको थियो यहाँ बाट नै प्रष्ट हुन्छ कि ने।बि।संघले चितवनमा उग्र रुप लिदै छ
चितवन जिल्लामा सुर्य ढकाल पक्षमा एक टिम र प्रमेश्वर खनालको पक्षमा एक टिम गरी अहिले हिडिरहेको छ।
यस्तै ने।बि।संघको विवादका कारण केही समय अगाडि चितवनको खैरहनी नगरपालिकामा भएको एक कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय नेता प्रकाशमान सिंह प्रमुख अतिथी रहनु भएको कार्यक्रममा समेत बिद्यार्थीहरु बीच धकालाधकाल हुनुको साथै कार्यक्रममै बिद्यार्थीहरुले नाराबाजी समेत गरेका थिए।