सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनकै पहिलो यूरोलोजिष्ट सहप्राध्यापक बन्नुभयो डा. सुदिप


  •    /१ असार २०७६, आईतवार २१:५८ 
  • भरतपुर ।
    जिल्लामा यूरोलोजी विषयका प्राध्यापक अभाव भईरहेको समयमा पहिलो पटक डा. सुदिपराज केसी सहप्रध्यापक बन्नु भएको छ । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पूरानो मेडिकल कलेज) भरतपुरमा कार्यरत डा. केसी चितवनकै पहिलो यूरोलोजिष्ट सहप्रध्यापक बन्नु भएको हो ।

    काठमाण्डौं विश्वविद्यालयले डा. केसीलाई सहप्राध्यापकमा बढुवा गरेपछि उहाँ जिल्लाकै पहिलो यूरोलोजिष्ट सहप्राध्यापक बन्नु भएको हो । युरोलोजीमा एम.सि.एच. गरेको दुई बर्षपछि डा. केसीलाई उपप्रध्यापकबाट सह–प्राध्यापकमा बढुवा गरिएको हो ।

    डा. केसीले युरोलोजी विषयमा एम.एस गर्दै गरेका एक जना विद्यार्थीलाई आफूसँगै राखेर अध्यापन गराउन पाउनुहुने । विगत ११ बर्षदेखि डा. केसीले चितवनमा रहेर युरोलोजी सम्बन्धी बिरामीहरुको सेवा गर्दै आउनु भएको छ ।

    चितवनमा पिसाब, पथ्थरी, मृगौला, प्रोष्टेटका बिरामीहरुको संख्या बढ्दैं गएको भन्दै डा. केसीले सेवा पनि विशिष्टिकृट हुँदै गएको बताउनुभयो ।

    अझै पनि मृगौला, प्रोष्टेट र त्यसमा हुने क्यान्सर सम्बन्धी बिरामीहरु विषेशज्ञ चिकित्सकसँग आइ नपुग्नु समस्या रहेको भन्दै उहाँले यस्ता समस्या समयमै विशेषज्ञ चिकित्सकको परामर्शमा उपचार गर्न सके निको हुने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.