चितवनकै पहिलो यूरोलोजिष्ट सहप्राध्यापक बन्नुभयो डा. सुदिप
/१ असार २०७६, आईतवार २१:५८
भरतपुर । जिल्लामा यूरोलोजी विषयका प्राध्यापक अभाव भईरहेको समयमा पहिलो पटक डा. सुदिपराज केसी सहप्रध्यापक बन्नु भएको छ । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पूरानो मेडिकल कलेज) भरतपुरमा कार्यरत डा. केसी चितवनकै पहिलो यूरोलोजिष्ट सहप्रध्यापक बन्नु भएको हो ।
काठमाण्डौं विश्वविद्यालयले डा. केसीलाई सहप्राध्यापकमा बढुवा गरेपछि उहाँ जिल्लाकै पहिलो यूरोलोजिष्ट सहप्राध्यापक बन्नु भएको हो । युरोलोजीमा एम.सि.एच. गरेको दुई बर्षपछि डा. केसीलाई उपप्रध्यापकबाट सह–प्राध्यापकमा बढुवा गरिएको हो ।
डा. केसीले युरोलोजी विषयमा एम.एस गर्दै गरेका एक जना विद्यार्थीलाई आफूसँगै राखेर अध्यापन गराउन पाउनुहुने । विगत ११ बर्षदेखि डा. केसीले चितवनमा रहेर युरोलोजी सम्बन्धी बिरामीहरुको सेवा गर्दै आउनु भएको छ ।
चितवनमा पिसाब, पथ्थरी, मृगौला, प्रोष्टेटका बिरामीहरुको संख्या बढ्दैं गएको भन्दै डा. केसीले सेवा पनि विशिष्टिकृट हुँदै गएको बताउनुभयो ।
अझै पनि मृगौला, प्रोष्टेट र त्यसमा हुने क्यान्सर सम्बन्धी बिरामीहरु विषेशज्ञ चिकित्सकसँग आइ नपुग्नु समस्या रहेको भन्दै उहाँले यस्ता समस्या समयमै विशेषज्ञ चिकित्सकको परामर्शमा उपचार गर्न सके निको हुने बताउनुभयो ।
भरतपुर ।
जिल्लामा यूरोलोजी विषयका प्राध्यापक अभाव भईरहेको समयमा पहिलो पटक डा. सुदिपराज केसी सहप्रध्यापक बन्नु भएको छ । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पूरानो मेडिकल कलेज) भरतपुरमा कार्यरत डा. केसी चितवनकै पहिलो यूरोलोजिष्ट सहप्रध्यापक बन्नु भएको हो ।