सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भव्य शोभायात्रा सहित प्रधानमन्त्री कार्यालयदेखि अयोध्याधामसम्म राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याईने


  •    न्युजभित्तो/५ बैशाख २०७८, आईतवार १७:१० 
  • चितवन, ५ वैशाख । माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि भव्य शोभायात्रा सहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु ल्याईने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी खर्चमा बनाईएका ती मूर्तिहरु चैत ७ गते प्रधानमन्त्रीले हस्तान्तरण गर्नुहुने भएको हो ।

    अयोध्याधाम व्यवस्थापन समितिले आज आईतबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी काठमाण्डौंको राम मन्दिरबाट स्वस्तीवाचनसहित प्रधानमन्त्रीले ती मूर्तिहरु हस्तान्तरण गर्ने जानकारी दिएको छ । समितिका संयोजक तीर्थराज भुषालका अनुसार हस्तान्तरणपछि बग्गी, रथसहितको कलशयात्रा र करिब पाँच सय वटा सवारीसाधनसहितको शोभायात्रा चैत ७ गते काठमाण्डौंबाट चितवनका लागि प्रस्थान गर्नेछ ।

    नागढुंगाबाट बग्गी काठमाण्डौं फर्कने छ भने चार वटा गाडीमा चार वटा मूर्तिहरुसहितका गाडी चितवनका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । सोही दिन साँझ ४देखि ५ बजेको समयमा दासढुंगामा शोभायात्रामा सहभागीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार सो दिन साँझ उक्त टोलीको खानपान र बासको व्यवस्था देवघाटमा नै रहने छ ।

    चैत ८ गते बिहान देवघाटका विभिन्न पिठाधीशहरुको उपस्थितिमा पवित्र जलले जलाभिषेख गरी माडी तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उक्त शोभायात्रा पुनः दासढुंगाको बाटो हुँदै आँपटारी, पुल्चोक, लायन्सचोक, होकिमचोक हुँदै माडी जाने छ । माडीमा पुगेपछि परशुराम कुण्ठको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्तिहरु स्थापना गरिने प्रचारप्रसाार समितिका संयोजक श्री दवाडीले जानकारी दिनुभयो । दवाडीका अनुसार माडीमा हालै निर्माण गरिएको मन्दिरमा ती मूर्तिहरु राखिने छ ।

    उक्त दिन माडीमा नौ सय सवारीसाधन र चार हजार भक्तजनहरुलाई खान बस्नको व्यवस्था गरिएको दवाडीले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते भानु जयन्तीको अवसरमा भगवान रामको जन्म माडीको अयोध्यापुरीमा भएको बताउनुभएपछि उक्त क्षेत्रको अध्ययन, अनुसन्धान र विकासका काम अगाडि बढेका छन् । माडी नगरपालिकाले धाम व्यवस्थापनको लागि एक सय विगाहा जमिन दिने निर्णय गरिसकेको छ भने धामको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । धामको सम्पूर्ण निर्माण सम्पन्न गर्न करिब चार अर्ब रुपैयाँ खर्च लाग्ने जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.