सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तयारी नपुगेको भन्दै कांग्रेस बैठक स्थगित


  •    न्युजभित्तो/५ बैशाख २०७८, आईतवार १६:३१ 
  • काठमाडौं, ५ वैशाख । नेपाली कांग्रेसको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक सोमबारका लागि सारिएको एक नेताले जानकारी दिए।

    महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो । तर, शीर्ष नेताहरू भने छलफलमै छन् ।

    पटक-पटक म्याद थप गर्दा समेत सबै जिल्लाले क्रियाशील सदस्यता इन्ट्री गर्न सकेका छैनन् । क्रियाशील सदस्यता इन्ट्री गर्ने अन्तिम म्याद चैत मसान्तलाई तोकिएको थियो । तर, तोकिएको समयसीमामा केही जिल्लाले इन्ट्री थालेका छैनन् । क्रियाशील सदस्यता तोकिएको समयमा इन्ट्री शुरू नहुँदा महाधिवेशनको कार्यतालिका नै परिवर्तन गर्नुपर्ने स्थिति छ ।

    कार्यतालिका हेरफेरको विषयमा शीर्ष नेताहरूबीचमा मतभेद देखिएपछि बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    यस्तै चैत २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कांग्रेस कसरी अघि बढ्नेमा अन्योलमा देखिन्छ । सत्ता समीकरणका विषयमा समेत कसरी अघि बढ्ने भन्ने विषयमा शीर्ष नेताहरू एकमत छैनन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.