सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भेटियो हराउन लागेको ऐतिहासिक सामग्री


  •    न्युजभित्तो/५ बैशाख २०७८, आईतवार १५:०७ 
  • काठमाडौँ, ५ वैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्षअगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सेनाले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथालाई सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो ।

    प्रथम विश्वयुद्धमा बेलायतका तर्फबाट युद्ध गर्ने गोर्खाली सैनिक जर्मनीमा बन्दी बनाइएका समयमा जर्मनेली प्रा हाइनरिक ल्युडर्सद्वाले तिनका बासस्थानमा नै गएर रेकर्ड गरिएका र जर्मनीको हुम्बोल्ड विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा आजसम्म पनि सुरक्षित राखिएका लोकसामग्रीको सूचना पाएपछि प्रज्ञा–प्रतिष्ठानले सङ्कलन गरी प्रकाशन गरेको हो । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको अनुसन्धान परियोजनाअन्तर्गत रहेर हाल अस्ट्रियाको भियाना विश्वविद्यालयमा प्राध्यापनरत डा अलका आत्रेयले उक्त सामग्रीलाई ध्वनिबाट लिपिमा उतार्ने काम गर्नुभएको हो ।

    तीन परिच्छेदमा विभाजन गरिएको यस कृतिको पहिलो परिच्छेदमा प्रस्तुत सामग्रीको स्रोत, खोजी र प्राप्तिका सन्दर्भमा महत्वपूर्ण जानकारीहरू प्रस्तुत गरी ती सामग्रीको विश्लेषण गरिएको छ भने दोस्रो परिच्छेदमा गोर्खाली युद्धबन्दीका लोकभाका र कथा राखिएका छन् । सो खण्डमा ती गोर्खाली सेनाले गाएका लोकगीत, सवाई, सिलोक, फुटकर गीत, फुटकर सिलोक, ख्याली, हिन्दी गीत र भजन, हिन्दी दोहा र सिलोक, सोरठी जस्ता गेय विधा लोककथा, आत्मकथा, निबन्ध र केही गाउँखाने कथा जस्ता गद्य विधाका जम्मा ८६ ऐतिहासिक महत्व राख्ने लोकसामग्री समेटिएको जानकारी प्राज्ञ डा देवी नेपालले दिनुभयो ।

    उहाँले भन्नुभयो, “यी ऐतिहासिक सामग्रीमा युद्धबन्दी गोर्खालीहरूका कथा र व्यथा समेटिएका छन्, साथै परिशिष्ट खण्डमा राखिएका तिनका नाम, नेपालको ठेगाना, त्यति बेलाको उमेर, तिनले सुनाएको विधा र रेकर्ड मिति जस्ता कुराले कृतिलाई झनै आधिकारिक र प्रामाणिक बनाएको छ, ती सामग्री पढ्दा र त्यो इतिहासको स्मरण गर्दा आज जो कोही पनि भावुक बन्ने अवस्थामा कृतिले पु¥याउने छ ।

    ” डा आत्रेयको मेहनत र प्रज्ञा–प्रतिष्ठानको जिम्मेवारीबोधका कारण वीर गोर्खालीको हराउन लागेको इतिहास आज नेपाली पाठकसमक्ष आइपुगेको छ । दुई २० पृष्ठको उक्त ऐतिहासिक कृति हाल प्रज्ञा–प्रतिष्ठानमा भइरहेको बृहत् पुस्तक प्रदर्शनीमा राखिएको सूचना तथा सञ्चार शाखाप्रमुख प्राज्ञ शशि लुमुम्बुले दिनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.