सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाङमा तोरी उत्पादनमा वृद्धि


  •    न्युजभित्तो/५ बैशाख २०७८, आईतवार १३:५८ 
  • देउखुरी, ५ वैशाख । गत वर्षका तुलनामा दाङमा यस वर्ष तोरीको उत्पादन बढेको छ । जिल्लामा यसवर्ष ५४.८६ प्रतिशत बढी तोरी उत्पादन भएको हो ।

    कृषि ज्ञान केन्द्रका अनुसार सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण हुँदा उत्पादन समेत बढेको हो । गत वर्ष २० हजार १७८ मेट्रिक टन तोरी उत्पादन भएको थियो भने यस वर्ष १८ हजार ६०० हेक्टर जमीनमा लगाइएको तोरी ३१ हजार २४८ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । गत वर्षभन्दा यस वर्ष ११ हजार ७० मेट्रिक टन वढी तोरी उत्पादन भएको केन्द्रका सूचना प्रसार अधिकृत उमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । औसत प्रतिहेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्दछ ।

    “गत वर्ष प्रतिहेक्टर १० क्विन्टलका दरले उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर १६ क्विन्टलका दरले तोरी उत्पादन भएको छ । ” उहाँले भन्नुभयो । गत वर्ष तोरी खेती भएको हिँउदे मौसममा अधिक वर्षा हुँदा अन्य बालीका उत्पादनमा कमी आएको थियो । यस वर्ष मौसममा अनुकूल तथा रासायनिक मलको पर्याप्तता मुख्य कारण भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष स्थानीय तहले उन्नत जातको बीउबिजन वितरण गरिनु र समयमा पानी परेका कारण उत्पादनमा वृद्धि भएको रहेकाले गत वर्ष तोरी उत्पादन राम्रो भएको छ । तोरी उत्पादन राम्रो भएपछि यहाँका किसान खुशी भएका छन् ।

    गढवा गाउँपालिका–७ का विकास चौधरीले यस वर्ष १० क्विन्टल तोरी बिक्री गरिएको बताउनुभयो । प्रतिक्विन्टल रु ११ हजार ५०० का दरले बिक्री गरेका उहाँले रु एक लाख १५ हजार आम्दानी गरेको जानकारी दिनुभयो । “तोरी राम्रो उत्पादन भयो”, उहाँले भन्नुभयो, “घरमा आवश्यक पर्ने राखेर बाँकी बिक्री गरेँ, यस वर्ष तोरीले राम्रो आम्दानी दिएको छ ।” उहाँ जस्तै सोही गाउँका अन्य किसान पनि तोरीको बजार मूल्य राम्रो पाएपछि औधी खुशी भएका छन् । तोरी बेच्नलाई कुनै समस्या नै भएन ग्राहक घरमै आएर खरीद गरेर लग्ने गरेकाले सजिलो भएको उहाँले बताउनुभयो । जिल्लालाई खाने तेलका लागि आत्मनिर्भर बनाउन तोरी उत्पादन बढाउने उद्देश्यले तोरी जोनका रुपमा विकास गरिएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन) दाङले अनुदानमा बीउ वितरण गरेको थियो । जिल्लामा मूल बीउ उतपादन र खेतीका लागि अनुदानमा तोरीको बीउ वितरण, सिँचाइ कुलो निर्माण, कृषकलाई कृषि औजार वितरण, विभिन्न तालीमलगायत कार्यक्रम सञ्चालन गरेको हो । परियोजना अन्तर्गत पश्चिम दाङका बबई, दङ्गीशरण र शान्तिनगर गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिका–१ र २ लाई समेटेर ‘तोरी जोन’ का रुपमा विकास भएको हो । जिल्ला तोरी उत्पादनका लागि उर्वर भूमि मानिन्छ । यहाँ उत्पादित तोरी बाहिरी जिल्लामा समेत निर्यात गर्ने गरिन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.