सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वन्यजन्तु संरक्षणका लागि सन्देश प्रवाह


  •    न्युजभित्तो/५ बैशाख २०७८, आईतवार १३:१२ 
  • वाग्मती, ५ वैशाख ।  वन्यजन्तु संरक्षणका लागि सन्देश प्रवाह गर्न वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानमा वन विज्ञान विषय अध्ययनरत विद्यार्थीले जनचेतनामूलक अभियान थालेका छन् ।

    वन्यजन्तु संरक्षणमा सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको जनाउँदै मानिसमा सकारात्मक सोचको वृद्धि गर्न संरक्षणमा टेवा पुयाउने उद्देश्यले यस्तो जनचेतनामूलक अभियान थालिएको विद्यार्थी सुजन खतिवडाले बताउनुभयो । अभियानअन्तर्गत सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, वन्यजन्तु गणना तालीम, वन्यजन्तुसम्बन्धी जानकारी, फोटो प्रदर्शनी र वन्यजन्तुको खानेपानी मुहान संरक्षणलगायत विविध कार्यक्रम रहेको अर्का विद्यार्थी दीपराज भुसालले जानकारी दिनुभयो ।

    विद्यार्थीले वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले वन्यजन्तु सप्ताह मनाइरहेका छन् । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यार्थीले यस अगावै संस्थानदेखि बुद्धचोकसम्म विभिन्न सन्देशमूलक प्लेकार्डसहित प्रदर्शन गरिसकेका छन् । विद्यार्थीले आफ्नो अनुहारमा विभिन्न वन्यजन्तुको चित्रसमेत बनाएर सन्देशमूलक कार्यक्रम गरिसकेका छन् । संस्थानमा हाल वन विज्ञान विषयमा करीब ७०० विद्यार्थी अध्ययनरत छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.