सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश १ को सातौं हिउँदे अधिवेशनको आठौं बैठक आज बस्दै


  •    न्युजभित्तो/५ बैशाख २०७८, आईतवार १२:५९ 
  • विराटनगर , ५ वैशाख । प्रदेश १ को सातौं हिउँदे अधिवेशनको आठौं बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ ।

    प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रतिपक्षी दलहरुले अवरोध जारी राखेकाले हिउँदे अधिवेशन अन्त्यको तयारी भइरहेको बताए । उनले प्रक्रिया पूरा गरेर अधिवेशन अन्त्य गरिने  बताए ।

    प्रतिपक्षी दलहरू भने आजको बैठक पनि चल्न नदिने पक्षमा छन् । सत्तापक्षले माग सम्बोधन गर्न चासो नदिएका कारण बैठक अवरुद्ध हुने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको भनाइ छ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु राख्नुपर्नेलगायतका माग राख्दै बैठक अवरुद्ध गर्दै आएका छन् । जसका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

    गत माघ ७ गतेबाट शुरू भएको प्रदेशसभा बैठक तीन महिनाको अवधिमा सात पटकमात्र बसेको छ । बसेका बैठक पनि सत्ता पक्ष र प्रतिपक्षको अवरोधका कारण अघि बढ्न सकेको छैन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.