सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढी प्रभावलाई दीर्घकालीनरुपमा व्यवस्थापन गर्ने प्रयास


  •    न्युजभित्तो/३ बैशाख २०७८, शुक्रबार १३:३८ 
  • गण्डकी, ३ वैशाख । बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा महानगरपालिका–३२ को सक्रियतामा वडाका विभिन्न क्षेत्रमा वर्षात्को समयमा पर्ने गरेको बाढी प्रभावको असरलाई दीर्घकालीन समाधान गर्ने गरी प्रयास अघि बढाइएको छ । वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण पर्ने गरेको असरलाई दीर्घकालीन रुपमा समाधान गर्न सम्बद्ध निकायमा पत्राचारसहित ध्यानाकर्षण गराइएको समितिका अध्यक्ष शिवजी लामिछानेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार समितिको पहलसँगै विगतमा अनियन्त्रित रुपमा आउने पानीलाई डाँडाको नाक प्रहरीचौकी, बाँधाको रह तथा घोतघोतेबाट कटाउने गरी सिँचाइ डिभिजन कार्यालय पोखराबाट आवश्यक तयारी भइरहेको छ । त्यस्तै गगनगौंडास्थित भत्केको चौकीमा पानी व्यवस्थापनका लागि पोखरा महानगरपालिकाबाट रु १४ लाख ३० हजार लागतमा काम अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

    पोखरा–३२ स्थित बाह्रसय चौताराबाट पानी कटाएर खहरे खोलामा लैजानका लागि पोखरा महानगरपालिकासँग पहल भइरहेको समितिले जनाएको छ । गत वर्षको बाढीले गगनगौंडा र लामेआहालबीचमा पर्ने राधाकृष्ण मन्दिर नजिकै पारेको प्रभावलाई दृष्टिगत गर्दै त्यहाँको दीर्घकालीन समाधानका लागि नाला गहिरो बनाएर कोत्रेसम्म पु¥याएर कटाउने गरी पहल भएको उहाँले जानकारी दिनुभयो ।

    पोखरा–३२ का गगनगौंडा र आसपासका क्षेत्रमा बर्सेनि बाढीका कारण हुने गरेका समस्याको दीर्घकालीन समाधानका लागि समितिले सम्बद्ध निकायमा निरन्तर पहल गरिरहेको सदस्य गणेशबहादुर खत्रीले बताउनुभयो । समितिका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय कास्की, डाँडाको नाक इलाका प्रहरी कार्यालय, सिँचाइ डिभिजन, सडक डिभिजन कार्यालय, विजयपुर सिँचाइ आयोजना कार्यालय र बेगनास सिँचाइ आयोजना कार्यालयलगायत सम्बद्ध निकायमा बाढी प्रकोपको दीर्घकालीन व्यवस्थापनका लागि यसअघि नै पत्राचार एवं ज्ञापनपत्र बुझाइएको उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.