सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय


  •    न्युजभित्तो/३ बैशाख २०७८, शुक्रबार १२:५४ 
  • वाग्मती, ३ वैशाख । नेकपा (एमाले)वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, वाग्मती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिनुभयो ।

    प्रदेश बोर्डमा एमाले संसदीय दल दलका नेता पौडेल, प्रमुख सचेतक पाण्डे, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरूणप्रसाद नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्वती बाटी रहनुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो ।

    पाण्डेका अनुसार संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री पौडेलले तीन सदस्य मनोनयन गर्नुहुनेछ । बोर्डमा दलका उपनेता र सचेतक पदेन सदस्य रहने व्यवस्था रहेको जनाइएको छ । संसदीय दलको आजको बैठकले संसदीय दलको संशोधित विधानलाई पारित गर्ने निर्णयसमेत गरेको प्रमुख सचेतक पाण्डेले बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.