सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका ५४ सामुदायिक विद्यालय छनोट


  •    न्युजभित्तो/३ बैशाख २०७८, शुक्रबार १२:४३ 
  • काभ्रेपलाञ्चोक, ३ वैशाख । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका ५४ सामुदायिक विद्यालय छनोट भएका छन् । जिल्लाको १३ स्थानीय तहमध्ये १२ तहका ५४ विद्यालय छानिएका हुन् ।

    सरकारले सामुदायिक विद्यालयको स्तरोन्नति गर्न पहिलोपटक यो कार्यक्रम ल्याएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काभ्रेपलाञ्चोकको ५४ सहित देशभरका सात हजार २७८ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समेटेको छ । काभ्रेपलाञ्चोकको भने बनेपा नगरका ११, धुलिखेलमा नौ, पाँचखालका छ, मण्डनदेउपुरका पाँच, नमोबुद्ध नगरमा तीन, पनौती नगरको एक तथा चौँरीदेउराली र महाभारत गाउँपालिकामा तीन–तीन, बेथानचोक, तेमाल र रोशीमा चार–चार, महाभारत गाउँपालिकाका एक विद्यालय छनोट गरिएको शिक्षा विभागले जनाएको छ ।

    कार्यक्रमअन्तर्गत सबैभन्दा बढी ११ बनेपा नगरपालिकामा छानिए भने जिल्लाको खानीखोला गाउँपालिकाका एउटा पनि समेटिएका छैनन् । सबैभन्दा कम पनौती नगर र महाभारत गाउँपालिकामा एक–एक विद्यालय छनोट भएका हुन् । शिक्षा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनोट गरी मापदण्डसमेत सार्वजनिक गरिएको हो ।

    छनोट भएका विद्यालयमा शैक्षिक सुधारका कार्यक्रम सम्बन्धित स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने जनाइएको छ । विभागका अनुसार कार्यक्रमका लागि सङ्घीय सरकारले सम्बन्धित स्थानीय तहमा छिट्टै निकासा हुनेछ । मन्त्रालयको गत चैत १९ गतेको निर्णयअनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्यक्रमअनुसार मुलुकका सात हजार २७८ सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम छनोट भएको जनाइएको छ । निर्णयपश्चात प्रधानमन्त्री निवास बालुवाटारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कार्यक्रम योजनाको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमका लागि सरकारले रु पाँच अर्ब छ करोड बजेट छुट्याइएको छ ।

    नेपाल शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकका अध्यक्ष श्यामप्रसाद पाण्डेले कार्यक्रमले विद्यालयको शैक्षिक अवस्था सुधारमा योगदान पु¥याउने बताउनुभयो । उहाँका अनुसार विद्यालयद्वारा माग भएअनुसार कार्यक्रम र बजेट दिएको भए कार्यक्रम थप प्रभावकारी हुने थियो ।

    कार्यक्रमअन्तर्गत छनोट भएका विद्यालयको भौतक पूर्वाधार विकास, हिमाली तथा उच्च पहाडी क्षेत्रमा आवासीय सुविधासहित अतिविपन्न, अभिभावकविहीन, विपद् प्रभावित, दुर्गम स्थान र अपाङ्गता भएका विद्यालय सञ्चालनको विषय समेटिएको छ । यस्तै शैक्षिक संस्थामा यातायातका साधनको व्यवस्थापन गर्न अनुदान, सुविधाजनक कक्षाकोठा निर्माण, स्वच्छ खानेपानी, पर्याप्त पानीसहित शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षण–सिकाइ तथा विभिन्न प्राविधिक विषयहरु पनि कार्यक्रममा राखिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.