सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पौडेलको पार्थिव शरीरमा अध्यक्ष दाहालद्वारा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण


  •    /३१ जेष्ठ २०७६, शुक्रबार २२:३६ 
  • चितवन । पूर्व शिक्षामन्त्री धनीराम पौडेलको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । माडीको बघौडा अस्पताल अगाडि आज उहाँको शरीरमा अध्यक्ष दाहालसहितका नेताले झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

    पौडेलको आजै माडी नगरपालिका–५ मा रहेको मगुई खोलामा अन्तिम संस्कार गरियो । उहाँको पार्थिव शरीरमा पौडेलका धर्मपत्नी गङ्गा बेलवासे, छोरीहरू जागृति र आकृति पौडेलसँगै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दागबत्ती दिनुभएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयो ।

    गृहमन्त्री रामबहादुर थापा, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता अमिक शेरचन, बामदेव गौतम, शिक्षामन्त्री गिरीराजमणि पोख्रेल, नेकपाका प्रमुख सचेतक देव गुरुङ्, नेकपा प्रदेश नं– ३ का अध्यक्ष नारायण दाहाल, प्रदेश नं– ३ का आर्थिक मामिला तथा कानूनमन्त्री शालिग्राम जम्मकट्टेल, प्रदेशका सांसद, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगर प्रमुख ठाकुर ढकाललगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

    श्रद्धाञ्जलिका क्रममा नेकपाका अध्यक्ष दाहालद्वारा जारी शोक विज्ञप्ति वाचन गरेर सुनाइएको थियो । विज्ञप्तिमा पौडेलको निधनले सिङ्गो पार्टी र देशलाई अपूरणीय क्षति पुगेको उल्लेख छ ।

    श्रद्धाञ्जलि अर्पण गर्न ठूलो सङ्ख्यामा नेता कार्यकर्ता माडी पुगेका थिए । आज बिहान ७ बजे पौडेलको हृदयघातबाट निधन भएको थियो । बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट विसं २०२२ कात्तिक ४ गते तत्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिनु भएका पौडेल विसं २०३७ देखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो ।

    मोहनविक्रम सिंह र निर्मल लामाले नेतृत्व गरेका नेकपा चौथो महाधिवेशनको विद्यार्थी सङ्गठनको कार्यकर्ताबाट राजनीति शुरु गर्नु भएका पौडेल विसं २०३९ मा विद्यार्थी सङ्गठनको चितवन जिल्ला सदस्य, विसं २०४१ मा केन्द्रीय सदस्य हुँदै विसं २०५१ मा तत्कालीन नेकपा एकता केन्द्र विभाजनपछि अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय संयोजकसमेत चुनिनुभएका नेकपा नेता ईश्वरी भट्टराईले जानकारी दिनुभयो ।

    दोस्रो संविधानसभामा उहाँ निर्वाचित हुनुभएको थियो । सोही समयमा अध्यक्ष दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा उहाँले शिक्षा मन्त्रालयको जिम्मा पाउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.