सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उद्योग र व्यवसायीको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री थापा


  •    /३१ जेष्ठ २०७६, शुक्रबार १६:५७ 
  • रत्ननगर ।
    गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यवसायीको सुरक्षा सरकारले गर्ने बताउनु भएको छ । रत्ननगर नगरपालिकाले शुक्रबार रत्ननगरमा आयोजना गरेको बृत्ती परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो “सरकारले उद्योग र व्यवसायीको सुरक्षा दिन्छ, तपाई व्यवसायीहरुले ढुक्क भएर उद्योगमा लगानी गर्नुहोस् ।” उद्योगको विकास नभएसम्म बेरोजगार अन्त्य नहुँने भन्दै उहाँले औद्योगिक क्षेत्रको विकास गरी रोजगार सृजना गर्ने योजनामा सरकार रहेको बताउनुभयो ।

    देशमै रोजगारी सृजना गरेर विदेशीने युवाहरुलाई रोक्ने योजना रहेको रहेको बताउँदै उहाँले भन्नुभयो “रोजगार सृजना गर्न रत्ननगरले आयोजना गरेको मेला विशिष्ट रहेको छ ।”

    उहाँले भन्नुभयो “गरिबी र अभावले सम्वृद्धि आउँदैन । यसका लागि उद्योग कलकारखाना निर्वाध रुपमा सञ्चालन हुनु पर्छ ।” उद्योगहरु निर्वाध रुपमा सञ्चालन हुनका लागि राज्यले जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उहाँको भनाई थियो ।
    उहाँले सरकारले नेपालमा रहेको गरिबी पाँच वर्षमा शुन्यमा झार्ने गरी काम गरेको दावी गर्नुभयो । अहिले रहेको १८ प्रतिशत गरिबीलाई शुन्यमा झार्ने लक्ष्यका साथ काम अघि बढाईरहेको भन्दै उहाँले जस अनुसार प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको जानकारी दिनु भयो ।

    उहाँले भन्नुभयो “विकास र सम्बृद्धिका लागि दक्ष जनशक्ति आवश्यक छ ।” उहाँले थप्नुभयो “कृषिलाई औद्योगिकरण गरेर रोजगार सिर्जना गर्नु पर्छ ।” अहिले श्रम बजारमा रहेका श्रमिकहरुमा दक्षताको अभावका कारण उनीहरुको कमाईले घर खर्च समेत चलाउन असहज भएको भन्दै उहाँले दक्ष जनशक्तिले परिवार पाल्न गाह्रो नहुने बताउनुभयो ।

    कार्यक्रममा नगर प्रमुख नारायण वनले श्रम लिने र दिने बीचमा सम्बन्ध विस्तार गर्न मेलाको आयोजना गरिएको बताउनुभयो । “एकतिर सीप भएर पनि युवाले काम नपाएको अवस्था छ, अर्को तिर दक्ष जनशक्ति नपाएर उद्योगहरु भौतारिनु पर्ने अवस्था” उहाँले भन्नुभयो “बेरोजगार युवा र रोजगारदाता बीचको प्रत्यक्ष भेट गराउने र रोजगारी सृजना गर्ने मेलाको उद्देश्य हो ।”

    कार्यक्रममा उपप्रमुख विमला दुवाडीले रत्ननगरका वेरोजगारको संख्या घटाउन मेला आयोजना गरिएको बताउनुभयो ।
    कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे, नेपाली कांग्रेसका जिल्ला सहसचिव सुर्य अर्याल, राजमोका मेघराज ढकाल, सीटिइभीटीका परियोजना प्रमुख टेकबहादुर मल्ल लगायतले बोल्नुभएको थियो ।

    मेलामा काठमाडौं सहित विभिन्न जिल्लाका रोजगारदाताहरुको सहभागिता रहेको छ । मेलामा रोजगार सम्बन्धी सूचना दिईनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराईने, निःशुल्क सञ्चालन हुने आधारभूत सीपमूलक तालिमको वारेमा जानकारी गराईने, रोजगारको अवसर प्रदान गरिने र स्थानीय उत्पादनको प्रर्दशन गएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.