सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार गिरिजा अधिकारीको ‘ए सरकार २’ रिलिज


  •    /३० जेष्ठ २०७६, बिहीबार २१:५० 
  • मकवानपुर । गीतकार, साहित्यकार एवम् पत्रकार गरिजा अधिकारीको ‘ए सरकार २’ आज रिलिज भएको छ । ‘ए सरकार’ नामक गीतले उत्कृष्ठ सफलता प्राप्त गरेपछि ‘ए सरकार २ ’ को म्युजिक पनि तयार पारिएको हो । भीमफेदी गाईजको आधिकारीक यूटुब च्यानलबाट सो भिडियो आज सार्वजनिक गरिएको छ ।

    रेकर्डिङको समयदेखि नै चर्चामा रहेको गीत ‘ए सरकार २ ’ मा उच्च शिक्षा हासिल गरेर दक्ष भइसक्दा पनि नेपाली युवाले बेरोजगार भई विदेशीनुपर्ने बाध्यता, नागरिकलाई हातमुख जोड्न कठिन भएको अवस्था, समाजमा भएका बेतिथि र सरकारको सुस्तताको विषयलाई समेटिएको छ ।

    अधिकारीको शब्द रहेको गीतहरु यसअघि पनि सार्वजनिक भइसकेका छन् । उनको मेरी सानीले, धरोधर्म लगायतका गीतहरुमा क्रमशः रुपक डोटेल र रामचन्द्र काफ्लेले आवाज दिएका छन् ।

    उनको चर्चित ‘ ए सरकार’ नामक गीतमा पुष्पन प्रधानले आवाज दिएका छन् भने आज रिलिज भएको ‘ ए सरकार २ ’ मा गायक देवेन्द्र कार्कीले आवाज दिएका छन् । अधिकारीको शब्दमा विकास पाण्डेले संगीत भरेका हुन् । रिकेश गुरुङ ‘कि’ को एरेन्ज मिक्सिङ रहेको गीतमा चर्चित डान्स क्रियू ‘भिमफेदी गाईज’ को फिचरिङ रहेको छ ।

    निर्मल लामा बिजीको निर्देशनमा उक्त म्यूजिक भिडियो बनेको हो ।

    हेर्नुहोस् भिडियो :

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गृहमन्त्रालय बाट भेट्ने समय नपाएपछि सिंहदरबारको गेटमै पानीमा रुझ्दै बसे निहारिका र बिनु
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
    ध्रुवे हात्तीको आक्रमणपछि बहस: के हात्तीले पुस्तौँसम्म रिस साँध्छ?
    • बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
    • मधेश प्रदेशसभा: बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
    • गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
    • राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.