मकवानपुर । गीतकार, साहित्यकार एवम् पत्रकार गरिजा अधिकारीको ‘ए सरकार २’ आज रिलिज भएको छ । ‘ए सरकार’ नामक गीतले उत्कृष्ठ सफलता प्राप्त गरेपछि ‘ए सरकार २ ’ को म्युजिक पनि तयार पारिएको हो । भीमफेदी गाईजको आधिकारीक यूटुब च्यानलबाट सो भिडियो आज सार्वजनिक गरिएको छ ।
रेकर्डिङको समयदेखि नै चर्चामा रहेको गीत ‘ए सरकार २ ’ मा उच्च शिक्षा हासिल गरेर दक्ष भइसक्दा पनि नेपाली युवाले बेरोजगार भई विदेशीनुपर्ने बाध्यता, नागरिकलाई हातमुख जोड्न कठिन भएको अवस्था, समाजमा भएका बेतिथि र सरकारको सुस्तताको विषयलाई समेटिएको छ ।
अधिकारीको शब्द रहेको गीतहरु यसअघि पनि सार्वजनिक भइसकेका छन् । उनको मेरी सानीले, धरोधर्म लगायतका गीतहरुमा क्रमशः रुपक डोटेल र रामचन्द्र काफ्लेले आवाज दिएका छन् ।
उनको चर्चित ‘ ए सरकार’ नामक गीतमा पुष्पन प्रधानले आवाज दिएका छन् भने आज रिलिज भएको ‘ ए सरकार २ ’ मा गायक देवेन्द्र कार्कीले आवाज दिएका छन् । अधिकारीको शब्दमा विकास पाण्डेले संगीत भरेका हुन् । रिकेश गुरुङ ‘कि’ को एरेन्ज मिक्सिङ रहेको गीतमा चर्चित डान्स क्रियू ‘भिमफेदी गाईज’ को फिचरिङ रहेको छ ।
निर्मल लामा बिजीको निर्देशनमा उक्त म्यूजिक भिडियो बनेको हो ।

हेर्नुहोस् भिडियो :