सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुरानो राज्यसंयन्त्रले जित्छ कि राजनीतिक नेतृत्वले ? : दाहाल


  •    /२९ जेष्ठ २०७६, बुधबार १६:४१ 
  • चितवन ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाले जित्छ कि राजनीतिक नेतृत्वले जित्छ भन्ने थाहै नपाईने बताउनु भएको छ । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले बुधबार भरतपुरमा आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले काम गर्ने र सोच्ने तरिका उही पुरानो भएका कारण नदेखिने गरी पुरानो राज्य संरचना र राजनीतिक नेतृत्वबीच लडाई भईरहेको बताउनुभयो ।

    उहाँले राजनैतिक नेतृत्वले नहार्ने आफूले विश्वास लिएको बताउँदै भन्नुभयो “आन्दोलनको बलले नयाँ नेतृत्वको सरकार आए पनि पुरानै राज्य संरचनाका कारण सोचेअनुसारको काम गर्न कठिन भएको छ ।” हिजो राजाहरु निरंकुुश हुँदा शुरु भएको स्कूल नभत्किएको भन्दै दाहालले भन्नुभयो “यही स्कूल छ, राज्य संरचनाको स्कूल । पञ्चायतको बेलामा जे छ त्यही स्कूलमा चलेको छ ।” नियम कानून पनि तिनै रहेको भन्दै उहाँले कानून बदलिँदा पनि काम गर्ने सोच, तरिका र शैली उही रहेको उल्लेख गर्नुभयो । राजनीतिक नेतृत्वले अब जित्न नसके मुलुक ठूलो दुर्घटनामा जाने दाहालले बताउनुभयो ।

    दुई तिहाइको सरकारबाट जनताले ठूलो आशा अपेक्षा गरेको बताउँदै उहाँले त्यसतर्फ सरकार अघि बढिरहेको भए पनि सफलता प्राप्त गर्न कठिन भएको बताउनुभयो । “जनताको अपेक्षालाई हामीले जुन उचाइ र गहिराइबाट सम्बोधन गर्न सक्नु पथ्र्योे त्यो स्तरबाट गर्न सकेनौँ । प्रयास भने जारी रहेको छ । जनताले हामीबाट अझ धेरै त्याग र मेहनत चाहेका छन् ।”

    संविधान निर्माणको अन्तिम चरणमा भूकम्प गएपछि आफूले विपक्षी दलको नेताको हैसियतले सरकारलाई सहयोग गरेर उद्धारसँगै सबैलाई संविधान निर्माणमा जुटाएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो “भूकम्प नगएको भए यति छिटो संविधान बन्ने थिएन ।” भूकम्पले मानवीय संवेदनासँग राजनीतिक रुपमा एकता कायम गर्न सघाएको उहाँको भनाई थियो ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको समृद्धिका लागि सिंगो पार्टी गोलबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । पार्टी एकीकरणको प्रक्रिया ढिलो हुँदा नेता कार्यकर्ता एक वर्षदेखि कामविहिन बनेका भन्दै उहाँले छिटो एकता टुंग्याउन अध्यक्ष दाहाललाई आग्रह गर्नुभयो ।

    सो अवसरमा राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका जवान ओम सलामी मगरलाई २५ हजार नगद सहित ताम्रपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा वर्ष व्यक्तित्व सम्मान २०७६ बाट वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा शारदा रानाभाट कुँवरलाई सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.