चितवन जिल्ला कमिटीले सपथग्रहणको निम्ता दिईसक्यो : अध्यक्ष दाहाल
/२९ जेष्ठ २०७६, बुधबार १२:०२
भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले चितवन जिल्ला कमिटीले आफूलाई सपथग्रहणको निम्ता दिईसकेको बताउनु भएको छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जिल्ला कमिटीले एक दुई दिनमा नै पूर्णता पाउने बताउनुभयो ।
केही जिल्लामा गृहकार्य नपुगेका कारण पार्टी एकीकरण टुंगोमा पुग्न नसकेको बताउँदै उहाँले भन्नुभयो “समग्र प्याकेजमै टुंगो लाग्छ ।” एकीकरणको ठूलो समस्या हल भईसकेको बताउँदै अध्यक्ष दाहालले यी माईनर कुरा भएकोले सजिलै समाधान हुने बताउनुभयो ।
उहाँले भन्नुभयो “पार्टीमा एकै व्यक्तिलाई दोहोरो जिम्मेवारी दिने विषयमा निरपेक्ष हुनु हुँदैन भन्ने मेरो भनाई छ ।”
आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने विषय नयाँ कुरा नभएको बताउँदै उहाँले भन्नुभयो “मिडियामा बढो नयाँ कुरा जस्तो प्रचारप्रसार भयो, यो पुरानै कुरा हो, हामी जुन सहमति र समजदारीका साथ अगाडि बढेका छौं, त्यही अनुसार अगाडि जाने हो ।
सहमति अनुसारको अर्थ आलोपालो प्रधानमन्त्री भन्नुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा दाहालले भन्नुभयो “तपाईहरुले किन पटक पटक मेरो मुखबाट बोल्न लगाउनुहुन्छ ? तपाईहरुले थाहा पाईराख्नु भएको छ, त्यही हो कुरा ।”
नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक आवश्यक परिमार्जन गरेर पारित गरिने उहाँले बताउनुभयो । आवश्यक गृहकार्य नगरी विधेयक ल्याउदा विवादित बनेको दाहालको भनाई थियो ।
विवादित बनेका मिडिया लगायतका विधेयकहरुका विषयमा बहस चलिरहेको बताउँदै उहाँले भन्नुभयो “विधेयक ल्याउन तयारी राम्रो नपुगेको हो, जति गृहकार्य हुनुपर्ने हो, त्यसमा केही कमी देखियो । पक्कै पनि सरकार, पार्टी सतर्क भएको छ । आगामी दिनमा पर्याप्त गृहकार्य गरेर सहमतिका साथ विधेयकहरु ल्याईन्छ ।”
लोकसेवा आयोगको परीक्षा सम्बन्धमा उहाँले समितिले एक ढंगले निर्देशन गरेको बताउँदै भन्नुभयो “सरकारले एक खालको आफ्नो भनाई राखिराखेको छ, प्रधानमन्त्री आएपछि छलफल गरेर यसलाई सकारात्मक ढंगले टुंगोमा पु¥याईन्छ ।”
चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको मात्रै नभएर देशकै गौरवको विषय भएको बताउँदै उहाँले भन्नुभयो “ठूलो काम गर्दा साना साना समस्या बेलाबेलामा आउँछन् ।” विवादित विषयमा समजदारी सहमति भईसकेकोले काम अगाडि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
चन्दा उठाएर रंगशाला बन्ला जस्तो लाग्दैन नि ? भन्ने पत्रकारको प्रश्नमा दाहालले भन्नुभयो “चन्दा कति उठ्छ त्यो उठाउने कोशिस भईराखेको छ, सरकारको नीति तथा कार्यक्रम बनाउँदै यसरी निर्माण गर्न लागेका रंगशालालाई प्रोत्साहन गर्ने भन्ने सरकारको नीतिगत निर्णय भईसकेको छ ।” आगामी दिनमा आवश्यक पर्दा रंगशालालाई सरकारले पनि सहयोग गर्ने दाहालको भनाई थियो ।
यो राष्ट्रिय गौरवको आयोजना भएकोले चितवन जिल्लाको समृद्धिका लागि यसले महत्व राख्ने बताउँदै उहाँले भन्नुभयो “आम चितवनवासी र हामी सबै रंगशाला निर्माणमा जुट्नु पर्दछ ।”
प्रदेशको राजधानी र नामाकरणका विषयमा पार्टीमा छलफल भईरहेको बताउँदै दाहालले भन्नुभयो “विगतमा भएको निर्णयलाई पाँच वर्ष कायम राख्ने कि ? भन्ने मत पनि छ, यो छलफलबाटै टुंगोमा पु¥याईन्छ ।”
भरतपुर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले चितवन जिल्ला कमिटीले आफूलाई सपथग्रहणको निम्ता दिईसकेको बताउनु भएको छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जिल्ला कमिटीले एक दुई दिनमा नै पूर्णता पाउने बताउनुभयो ।