अन्ततः माओवादीले गृहमन्त्री थापालाई पनि गर्यो कारवाही
न्युजभित्तो/२७ चैत्र २०७७, शुक्रबार १५:५२
काठमाडौं, २७ चैत । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई पनि गरेको छ । आफ्ना चार सांसदलाई कारवाही गरेलगत्तै गृहमन्त्री थापालाई कारबाही गरेको सूचना संघीय संसदलाई माओवादीले पठाएको छ । यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।
नेकपा एमाले प्रवेश गरेका उनले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए । अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ ।