तीन दिनमा १२ जना संक्रमित थपिए , एक जना संक्रमितको मृत्यु
न्युजभित्तो/२७ चैत्र २०७७, शुक्रबार १४:३३
भरतपुर २७ चैत । चितवनमा पछिल्लो तीन दिनमा कोरोनाका १२ जना संक्रमित थपिएका छन् । एक जना संक्रमितको मृत्यु भएको छ ।
चितवनमा हाल ५२ जना सक्रिय संक्रमित छन् । चैत २४ गतेसम्म सक्रिय संक्रमितको संख्या ४० थियो । हाल सक्रिय संक्रमित मध्ये ४४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ८ जना संक्रमित अस्पतालको आइसोलेसनमा छन् ।
पछिल्लो तीन दिनमा थप एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् । हालसम्म मृतक संक्रमितको संख्या १११ पुगेको छ ।
चितवनमा हालसम्म ६ हजार ९६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ७९९ जना संक्रमित निको भएका छन् ।