काठमाडौँ, २७ चैत । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । पछिल्लो केही दिन यता लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार पनि तोलामा ९ सय रुपैंयाले बढेर प्रतितोला ८९ हजार ९ सय मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८९ हजार रहेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाले बढेर प्रतितोला १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १२ सय ६० रुपैंया रहेको थियो ।