सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टी अध्यक्ष ओलीको कारबाहीविरुद्ध समानान्तर कमिटी बनाउन जुटेको बताए : बरिष्ठ नेता नेपाल


  •    न्युजभित्तो/२७ चैत्र २०७७, शुक्रबार १३:०४ 
  • विराटनगर,२७ चैत । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारबाहीविरुद्ध समानान्तर कमिटी बनाउन जुटेको  बताएका छन् ।

    नेता नेपालले ओलीले पार्टीको विधान मिचेर कारबाही चलाएकाले त्यसको प्रतिरोधमा समानान्तर कमिटी गठन गर्न आफु जुटेको बताएका हुन् । उनले ओलीको विधान विपरितको काममा साथ दिने दिनेहरू दास भएको समेत दाबी गरेका छन् ।

    शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले ओलीले आफ्नो भक्तहरुलाई मात्रै पार्टीमा प्रश्रय दिएको आरोप समेत लगाए।

    सर्वोच्च अदालतले पार्टी पुरानै अवस्था ब्युँताइदिएपनि अध्यक्ष ओलीले विधान विपरित आफुहरुसहितका नेताहरुलाई कारबाही चलाएको बताए । उनले अहिले आफूहरू सबैलाई मिलाउने काममा लागि रहेको पनि दाबी गरे ।

    ओलीले पार्टी फुटाउँदा विरोधीहरू खुसी भइरहेको उनको ठहर छ । ओलीको दास हुन नसक्नेहरू सङ्गठित हुँदै गएको उनको भनाई छ ।

    ‘अदालतको फैसालले पार्टीलाई पुरानो अवस्था फर्काइदिएको छ’ नेता नेपालले भने,‘ओलीले मुख हेरेर कारबाही चलाएका छन्।’यो कार्य विधान विपरित छ।’ओलीको विधानविपरीत काम गर्नेलाई पनि साथ, समर्थन दिने भनेका दास हुन् । हामी दास होइनौं । हामी केपी ओलीको मुख हेरेर आन्दोलनमा जुटेका होइनौं।’

    उनले ओली अहिले पार्टी भित्रै अल्पमतमा परेको पनि जिकिर गरे ।

    नेता नेपालले पार्टीलाई एकताबद्ध गर्ने हो भने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्कनु पर्ने बताए ।शुक्रबार एमालेको समानान्तर मोरङ जिल्ला समिति गठन गर्न नेता नेपालले विराटनगर आएका हुन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.