सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्री महासेठ चढेको गाडी खोलामा पल्टियो, ठूलो दुर्घटनाबाट जोगिए महासेठ


  •    /२७ जेष्ठ २०७६, सोमबार २१:३१ 
  • स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ चढेको बा २ झ ४०२९ नम्बरको गाडी आज स्याङ्जाको घट्टे दरौँ खोलामा डुबेको छ । सहरे खोलाको पुल शिलान्यास गरी फर्केर खोला तर्ने क्रममा अर्जुनचौपारी गाउँपालिका ३ घट्टे दरौँ खोलामा मन्त्रीको गाडी डुबेको हो ।

    डुबेको गाडीबाट सुरक्षाकर्मीले तत्कालै मन्त्री महासेठलाई सकुशल बाहिर निकालेका थिए । गाडीलाई जेसिबीको सहायताले खोला बाहिर निकालिएको थियो । तस्विरमा खोला पार हुनै लाग्दा गाडी खोलाको गहिरो भागमा फसेको देखिन्छ । मन्त्रीका गाडी चालकले दाहिनेतर्फ मोड्नुपर्नेमा गाडी देब्रेतर्फ च्यापेर चलाएकाले गाडी गहिरो भागतर्फ पल्टिएको देखिन्छ ।

    (तस्विर : यो समाचारमा प्रयोग भएको तस्विर हामीले कालीगण्डकी खबर डटकमबाट लिएका हौँ ।)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
    स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री शाह
    धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर
    • एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
    • कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
    • लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड
    • साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.