सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेस्सी सर्वाधिक धेरै ‘म्यान अफ् द म्याच’ जित्ने खेलाडी


  •    /२ बैशाख २०७६, सोमबार १६:२८ 
  • काठमाडौं, वैशाख २
    जारी सिजन युरोपका टप–५ लिगमा सर्वाधिक धेरै ‘म्यान अफ् द म्याच’ खेलाडीको अवार्ड जित्ने खेलाडीमा स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सी सबैभन्दा अगाडि छन् । ३१ वर्षीय अर्जेन्टिनी फरवार्डले यो सिजन ला लिगामा कूल १५ पटक उत्कृष्ट खेलाडीको अवार्ड जितिसकेका छन् । लिगमा अझै ६ खेल बाँकी नै छन् ।

    मेस्सीले जितेको १५ ‘म्यान अफ् द म्याच’ अवार्ड युरोपका शीर्ष लिगमा अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । यो सिजन उत्कृष्ट लयमा रहेका मेस्सीले बार्सिलोनालाई ला लिगाको उपाधि नजिकै लैजान, कोपा डेल रे फुटबलमा फाइनल र च्याम्पियन्स लिगमा क्वार्टरफाइनलसम्म लैजान महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

    यो सिजन गोल र असिस्टमा सबैभन्दा अगाडि रहेका मेस्सी छैटौंपटक गोल्डेन बुट जित्ने दौडमा सबैभन्दा अगाडि छन् । उनीपछि इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोले यो अवार्ड जम्मा ४ पटक मात्रै जितेका छन् ।

    यो सिजन सर्वाधिक धेरै ‘म्यान अफ् द म्याच’ अवार्ड जित्नेमा मेस्सीपछि इंग्लिस क्लब चेल्सीका इडेन हाजार्ड छन् । उनले प्रिमियर लिगमा कूल १३ पटक यो अवार्ड जितेका छन् ।

    सर्वाधिक धेरै ‘म्यान अफ् द म्याच’ जित्ने १० खेलाडी :

    (१) लिओनल मेस्सी (बार्सिलोना) – १५

    (२) इडेन हाजार्ड (चेल्सी) – १३

    (३) निकोलास पेपे (लिले) – ११

    (४) क्रिस्टियानो रोनाल्डो (युभेन्टस) – ९

    (५) ड्यानिएल पेरेजो (भ्यालेन्सिया) – ८

    (६) रहिम स्ट्रलिङ (म्यानचेस्टर सिटी) – ८

    (७) एलिसियो क्राग्नो (क्याग्लिअरी) – ७

    (८) केलियन एमबाप्पे (पिएसजी) – ७

    (९) ह्यारी केन (टोटनह्याम) – ६

    (१०) जोडन सान्चो (बोरुसिया डटर्ममुन्ड) – ६

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.